himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

गाउँपालिकालाई २७ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

स्थानीय क्रसर व्यवसायीहरुले आफूहरुसँग रहेको २७ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेर स्थानीय सरकारलाई बुझाएका छन् । मकवानपुरको मनहरी क्षेत्रमा काम गरिरहेका क्रसर व्यवसायीहरुले मनहरी गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
मनहरी गाउँपालिकाभित्र  संचालनमा रहेका ९ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले स्थानीय  कोरोना अस्पतालका लागि  अक्सिजनका खाली सिलिन्डर उपलब्ध गराएको क्रसर व्यवसायी राजकुमार रावलले बताउनुभयो । उहाँका अनुसार क्रसर उद्योगमा अहिले अक्सिजनको काम नभएकाले अस्पताललाई हस्तान्तरण गरिएको हो । ‘अहिले उद्योगमा अक्सिजन सिलिन्डरको काम छैन, कामै हुँदा पनि मानिसको ज्यानभन्दा ठूलो काम होइन’, रावलले भन्नुभयो ।
मनहरी गाउँपालिकास्थित दाङसिङ सेन्ड इन्डस्ट्रिजबाट ४ थान, चतुर्मुखुी क्रसर तथा बालुवा प्रशोधन उद्योग प्रालिबाट ३ थान, सन्तोेषी बालुवा उद्योगबाट ४ थान, जनसेवा क्रसर उद्योगबाट २ थान, दुर्गालक्ष्मी एग्रिगेट्सबाट १ थान, ओम शान्त बालुवा उद्योगबाट १ थान, आफ्नै बालुवा उद्योगबाट १ थान, स्वस्तिक क्रसर उद्योगबाट १ थान र बर्ताैला बालुवा उद्योग तथा इन्जिनियरिङ वक्र्सबाट १० थान सिलिन्डिर कोभिड अस्पताललाई हस्तान्तरण गरिएको क्रसर व्यवसायी रावलले जानकारी दिनुभयो ।
उद्योगीहरुले उपलब्ध गराएको अक्सिजन सिलिन्डर मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बुझ्नुभएको थियो । अक्सिजनको खाली सिलिण्डर प्राप्त भएपछि गाउँपालिका अध्यक्ष उप्रेतीले कोरोनाका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा सहज हुने बताउनुभयो । 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg