pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

गाईभैंसीमा कृत्रिम गर्भाधानले व्यवसायिक बन्दै कृषकहरु

कृत्रिम गर्भाधानको सुविधा भएपछि मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु दूधलक्षित पशुपालनतर्फ आकर्षित भएका छन् । कृत्रिम गर्भाधानबाट जन्मेका बाच्छी र पाडीबाट हुर्केका गाईभैंसीमा दूध उत्पादन क्षमता बढी हुने भएकोले कृषकहरु व्यवसायिक पशुपालनतर्फ आकर्षित हुँदै गएको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख राघबेन्द्र मिश्रले बताउनुभयो ।

थाहा नगरपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष २०७६/०७७ मा नगर क्षेत्रभित्रका ५३० गाईभैंसीमा कृत्रिम गर्भाधान गरेको छ । चालु आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम रहेको शाखा प्रमुख मिश्रले बताउनु भयो ।

गत आर्थिक वर्षमा थाहा नगरका कृषकहरुले दूध विक्रीबाट एक करोड ४६ लाख ५३ हजार ६०० रुपियाँको दूध विक्री गरेका छन् । थाहा–३ घर्तिखोलाका युवराज बर्तौलाले १० महिनाको अवधिमा ६ हजार ५४० लिटर दूध विक्री गरेर तीन लाख २७ हजार रुपिया आर्जन गर्नु भएको छ ।

बर्तौलाले मात्र होइन, थाहा–६ की यसोदा अधिकारीले पनि दूध विक्रीबाट राम्रै आम्दानी गर्नुभएको छ । दुईवटा उन्नत गाई पाल्दै आउनुभएकी अधिकारीले वर्षमा दुई लाख १८ हजार बराबरको दूध बेच्नु भएको छ । यसैगरी थाहा–६ कै ओमकुमार सुवेदीले तीन हजार ८७० लिटर दूधबाट एक लाख ९३ हजार ५०० रुपियाँ कमाउनु भयो ।

कृषकहरु व्यवसायिक पशुपालन तर्फ आकर्षित हुन थालेपछि थाहा नगरपालिकाले उनीहरुलाई अनुदान दिनुका साथै बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियतमा कर्जा उपलब्ध गराउन समन्वयसमेत गर्ने नीति लिएको छ ।

चालु आर्थिक वर्षमा थाहा–१२ जगडाँडामा ३० वटा भैंसीपालनको लागि २५ प्रतिशत अनुदानको व्यवस्था गर्नुका साथै पकेट क्षेत्रका कृषकका लागि २० वटा गाइका लागि २५ प्रतिशत अनुदान दिने कार्यक्रम रहेको पशु सेवा शाखाले जनाएको छ ।

थाहा नगरमा ३०६ जना कृषकले व्यवसायिक पशुपालन गरेर दूध विक्री गर्दै आएका छन् । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...