Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

गठबन्धनको थाहा नगर स्तरीय निर्वाचन परिचालन कार्यालय स्थापना

312830981_114380758626599-1666705325.jpg

 थाहा नगर, ८ कात्तिक/ बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगर स्तरीय निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । गठबन्धनको संयुक्त निर्वाचन परिचालन, प्रचारप्रसारका लागि नेकपा माओबादी केन्द्रको थाहा नगर पार्टी कार्यालय शिखरकोटमा कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना गर्दै नेताहरुले यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन इमान्दार भई मतदान गर्न गठबन्धन दलका थाहा नगरका नेताहरुले कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् । गठबन्धन अन्तरगत नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले लोकतन्त्रको रक्षा र यस क्षेत्रको बिकासको लागि थाहा नगरका कांग्रेस समर्थकले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने बताउनुभयो । उहाँले पाँच दलको गठबन्धनमा नेपाली कांग्रेस पनि सहभागी भएकोले यस क्षेत्रका उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउने बताउनुभयो । त्यस्तै नेकपा माओबादी केन्द्रका थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले गठबन्धन अन्तरगतका उम्मेद्वारलाई मतदान गरी बिजयी गराउन मतदाताहरुलाई अनुरोध गर्नुभयो । लोकतान्त्रिक संबिधान अनुसार देशलाई अगाडि बढाउन गठबन्धनका उम्मेद्वारहरु बिजयी हुनुपर्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजबादीका थाहा नगर अध्यक्ष सानोकाजी गोपालीले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन बनेकोले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गर्नुभयो । राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला सचिब तथा थाहा नगर अध्यक्ष दिनेश बिष्टले गठबन्धनको मर्म अनुरुप आफ्नो दलको नेता तथा कार्यकर्ताले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्ने बताउनुभयो । बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य बिरोध खतिवडा, प्रदेशसभा क मा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज कुमारी मोक्तान र प्रदेश सभा ख मा नेपाली कांग्रेस बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेद्बारी दिनुभएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg