Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

खेतीमा लागत न्यूनीकरण गर्न कृषकलाई अभिमुखीकरण

FB_IMG_1678016884369-1678016912.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिका बेमौसमी तरकारीखेती को लागि प्रख्यात ठाउँ हो। यहाँ बैशाख देखि कार्तिक महिनासम्म तरकारी उत्पादन हुन्छ। यहाँ उत्पादन हुने तरकारी हरु देशका प्रमुख सहरहरु,काठमाडौ ,पोखरा,चितवन,हेटौंडा ,बिरगंज लगायत तराईका विभिन्न शहरहरुमा निर्यात हुँदै आइरहेको छ।
तरकारी खेतिको लागि स्थानिय सरकार नगरपालिका,प्रधानमन्त्री कृषि परियोजना  जोन ,ज्ञानकेन्द्र लगायत कृषि सम्बन्ध संस्था हरुलेले नगरको  कृषि विकासमा टनेल, सिंचाई,युभि प्लाष्टिक, मल्चिङ प्लाष्टिक,बायोटिन चुन,ई एम तथा ट्याक्टरमा अनुदान दिदै आएको छ। 
यति हुँदा पनि खेतिमा लागत अधिक हुँदै आइरहेकोले थाहा नगरपालिका वडा न ६ स्थित कुन्छाल कृषि सहकारीद्वारा "लागत घटाऔ उत्पादन बढाऔ ,परिश्रम तपाईंको प्रविधि हाम्रो " भन्ने नारा सहित यस बर्ष देखि  सहकारीका सदस्यहरु हरुलाई प्राबिधिक सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको छ।२१ फागुनमा भएको कृषि अभीमुखीकरण कार्यक्रममा संस्थाले उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको हो।
खेतिमा लागत घटाइ,उत्पादनमा वृद्धि गर्नको निम्ति र थोरै लागत खर्चमा अधिक आम्दानी लिनको लागि सहकारीले यस्तो कार्यक्रम लेराएको अभिमुखीकरण कार्यक्रम  संयोजक प्रमोद जोशीले बताउनुभयो ।जोशीका अनुसार समयमा सहि तरिकाले  किरा र रोगको पहिचान गरी  आवश्यक बिषादीको मात्र प्रयोग गरेर लागत घटाउन सकिने भनाइ रहेको छ।
अभिमुखिकरणमा कृषकहरुले यस क्षेत्रमा तरकारीखेती गर्दा एग्रो व्यापारीको राय र सल्लाह अनुसार पसलेको मात्रा अनुसार किटनाशक तथा ढुसी नाशक बिषादी प्रयोग गर्ने गरेको किसान हरुको भनाइ रहेको छ । कार्यक्रममा आवश्यकता भन्दा बढी मल बिषादी प्रयोग गर्नु पनि लागत बढनु हो भन्ने कुराको जानकारी कृषकहरु लाई जानकारी गराइयको थियो।
संस्थाका अध्यक्ष बिक्रम जोशीको अध्यक्षतामा संचालित कार्यक्रममा ३० जना अगुवा कृषकहरूको  भेलामा उपस्थिति रहेको थियो। कार्यक्रम ब्यबस्थापक प्रेम गोपालीले संचालन गर्नुभएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...