Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

खानेपानी मन्त्री खड्का थाहामा,पालुङ खानेपानी योजनामा बजेट व्यवस्था गर्ने प्रतिबद्धता

1723132979666-1723133065.jpg

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्काले नागरिकको आधारभूत आवश्यकता अन्तर्गत पर्ने खानेपानी सेवालाई प्रभावकारी बनाइने बताएका छन् । प्रदेश अन्तर्गतका अधुरा योजनाहरुलाई सम्पन्न गरी नागरिकहरु समक्ष खानेपानीको पहुँच सहज गरिने मन्त्री खड्काले उल्लेख गरे । २४ साउनमा थाहा नगरपालिका वडा नम्बर २ पालुङको अधुरो अवस्थामा रहेको थाहा खानेपानी तथा सरसफाई परियोजनाको स्थलगत अवलोगनका क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

योजना तर्जुमाकै अवस्थादेखि अधुरा आयोजनालाई प्राथमिकता दिनूपर्ने बताउँदै पालुङको उक्त आयोजनालाई बजेट विनियोजन नभएकोप्रति उनले आफ्नो ध्यानाकर्षण भएको सुनाए । ‘केही बजेट मन्त्रालयमा छ, यस किसिमको अधुरो योजनालाई सम्पन्न गर्नुपर्छ’, उनले भने–‘मन्त्रालयका सचिवसंग छलफल गरी आयोजनाका लागि बजेट व्यवस्था गर्छु ।’ प्रदेश सरकारले बजेट विनियोजन गर्दा नै अधुरा योजना प्राथमिकतामा पर्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । उनले डायरी पल्टाउँदै योजनाको नाम टिप्दै भने–‘जनताको धारा धारामा पानी झर्न कति बजेट लाग्छ, व्यवस्थापन गर्छौ, चिन्ता नलिनूहोस ।’ उनले हेटौंडा स्थित खानेपानी डिभिजनका प्रमुखहरुलाई राखेर योजर्ना सम्पन्न गर्न तत्काल प्रक्रिया अघि बढाउने आश्वासन समेत दिएका छन् ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले करिब १० वर्षदेखिको अधुरो योजनालाई पूरा गर्न मन्त्रालयले सहयोग गरिदिन आग्रह गरे । स्थानीय तहको बजेटको आकार सानो भएकाले योजनाका लागि लगानी गर्न नसकेको उल्लेख गर्दै विषयगत मन्त्रालयको सहयोग आवश्यक भएको औल्याए । ‘संघ तथा प्रदेशले पठाउने बजेट समेत घटेर निकासा हुने गरेकाले ठूला योजनामा बजेट विनियोजन गर्न सकिएको छैन’–प्रमुख विष्टले भने । नगर उपप्रमुख भरत गोपालीले खानेपानी मन्त्रालयबाट बजेटको व्यवस्था गरी शुद्ध पानीसहितको धारा उद्घाटन गर्ने अवस्था सृजना गरिदिन मन्त्री खड्कासंग आग्रह गरे । जनतासंग प्रत्येक्ष जोडिएका विकास कार्यमा नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै नगरको कृषि क्षेत्रमा सिंचाइलगायतका योजनाहरुमा समेत सहयोग गरिदिन उपप्रमुख गोपालीले अनुरोध गरे ।

सो अवसरमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ५ नम्बर वडाध्यक्ष विष्णु बहादुर विष्ट, कृषि विकास अधिकृत संजय तिवारी, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेल, नेपाली काँग्रेस, ४ नम्बर वडा सभापति श्रीकृष्ण केसी, माओवादीका गणेश लामा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठलगायतकाको उपस्थिती रहेको थियो ।

1723132976910-1723133066.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg