pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

खाना महोत्सव र लाइभ लोकदोहोरी सहित यो बर्षको जन्माष्टमीमा घैटो फुटाइने

375042608_123300303738920-1724426313.jpg

थाहा नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि मानिसको सबभन्दा बढी भिड लाग्ने कृष्ण जात्रा ,घैटो फुटाउने जात्रा तथा लिटिल राधाकृष्ण प्रतियोगिता र लिटल लाखे प्रतियोगिता सहित यस  बर्ष लाइभ लोकदोहोरी र फुड फेस्टिबल सडक खाना महोत्सव समेत हुने भएको छ।

  हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहा नगरको मुख्य बजार शिखरकोटमा घैटो फुटाउने जात्रा र जन्माष्टमीको दिन लिटल राधाकृष्ण र लिटल लाखे प्रतियोगिता हुने गर्दछ। २०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार ब्यबस्थापन समिती र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी सस्कृतीको सास्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २४ औं घैटो फुटाउने जात्रा भब्य र सभ्य रुपमा सम्पन्न गर्न मेला व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ। यो बर्ष घैटो फुटाइ सङै अन्य विविध कार्यक्रम हरु बाल राधाकृष्ण प्रतियोगिता ,बाल लाखे नाच प्रतियोगिता तामाङ समुदायको ढ्याङ्रो नाच प्रदर्शनी ,गोपाली गाउँ,ओखरबजार तथा पालुङ्गको धिमे बाजा सहित लाखे नाच समेत प्रदर्शन गरिने छ।भने महिला पंचेबाजा र महिला खैचेडी भजन सहित खाना महोत्सव सहित लाइभ लोकदोहोरी सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ। लाइभ दोहोरीमा कलाकार हरु अजित लोप्चन,प्रीती घर्ती मगर,शितल कल्पना,दिपराज खत्री,सुनिल नेपाल,बिश्वराज अधिकारी र रुपचन्द्र सापकोटा रहने आयोजकले जनाएको छ। भाद्र १० गते कृष्ण मन्दिरमा पुजाआजा सहित लिटल राधाकृष्ण प्रतियोगिता सहित लिटल लाखे,धिमे बाजा र तामाङ ढ्याङ्रो झाकी सहित पालुङको महिला पंचेबाजा र किटेनिको महिला खैचडी भजन समेत प्रदर्शनी हुने र ३ बजे पछि लाइभ दोहोरी र फुड फेस्टिबल हुने आयोजकले जनाएको छ भने भाद्र ११ सा्स्कृतिक कार्यक्रम सहित दिउँसो १ बजेबाट घैटो फुटाउने प्रतियोगिता हुने छ भने तेसपछि श्रीकृष्णको रथ यात्रा प्रारम्भ भै जात्रा समापन गरिने बजार व्यवस्थापन समितिको अध्यक्ष मनोज रायमाझीले जानकारी दिए। रायमाझीका अनुसार लिटल राधाकृष्ण प्रतियोगितामा नाम दर्ता गर्न निशुल्क हुने तथा नाम दर्ता गराउनको निम्ति फोन न ९८५५०७२५३३ र ९८१८७२७९२८ मा सम्पर्क गर्न सकिने छ। कार्यक्रम लाई यति ब्रुअरीले मुख्य प्रायोजन गरेको छ भने थाहा नगरपालिका,बजार व्यवस्थापन समिती शिखरकोट,गोपाली समाज,शिखर क्लव,नवजागृत पुस्तकालय,दामन चेली समाज,फरक सोच,थाहा नगर ब्यादमिन्टन संघको आयोजना रहने छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...