Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

समाचार

खस क्षत्री एकता समाज नेपालको स्थापना

1752454156119-1752454171.jpg

काठमाडौं । ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने मूल मान्यताका साथ हनुमान जयन्तीलाई आफ्नो स्थापना दिवसका रूपमा घोषणा गर्दै खस क्षत्री एकता समाज नेपालको स्थापना गरिएको छ । पूर्वप्रशासक एवं समाजसेवी जितबहादुर घिमिरेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको यस संस्थाले राज्य, समाज र नागरिकबीचको सम्बन्धलाई सुदृढ गर्दै विधिसम्मत, उत्तरदायी र व्यवहारिक रुपमा समुदायको ढोका खोल्ने संकेत गरेको छ । संस्थाले सुरुआती चरणमै संगठन विस्तारको सशक्त संकेत दिएको छ । यही अभियान अन्तर्गत असार २८ गते नागार्जुन नगरपालिका वार्ड नं. १ मा आयोजित कार्यक्रममार्फत प्रल्हाद क्षेत्रीको संयोजकत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । सो अवसरमा स्थानीय ३१ जनाले आजीवन सदस्यता लिँदै संस्थाप्रति आस्था प्रकट गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले भने, ‘समुदायको रक्षा साथै देशको समग्र हितका लागि भनेर खोलिएका यस्ता संस्थाहरु देशमा धेरै संख्यामा छन् तर प्रभावकारी संयोजन र साझा कार्यदिशा नहुँदा ती संस्थाहरूको शक्ति खेर गइरहेको छ । हामी अब बिखण्डन होइन, एकताबाट बलियो संस्था बनाउने तयारीमा छौं ।’ त्यसै गरी संस्थाका महासचिव एचबि खड्काका अनुसार देशभर छरिएर रहेका यस्ता समान उद्देश्य बोकेका संस्थाहरूलाई एकीकृत गर्दै एउटै प्रभावशाली साझा संस्थामा रुपान्तरण गरिनेछ । यसका लागि केन्द्र, जिल्ला हुँदै पालिका स्तरसम्म संगठन विस्तार गरिने लक्ष्य राखिएको छ । पालिकालाई नै संस्थाको कार्य सञ्चालनका लागि रणनीतिक तवरबाट अगाडि बढाउने लक्ष्य राखिएको छ, खड्काले भने । संस्थाले ‘सबैका लागि सबै’ भन्ने नारालाई केवल प्रचारका लागि मात्र नभइ कार्यदिशाको मेरुदण्ड बनाउने अठोट लिएको छ ।

पूर्व प्रशासक चिरञ्जिवी थापाले नेपाल आजको अवस्थामा पुग्न थापा काजीहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै त्यो गौरवमय इतिहास कहिल्यै विर्सिन नहुने बताएका छन्। संस्थाले खस क्षत्री समुदायको मात्रै नभई सबै नेपालीको हितलाई मध्यनजर गर्दै कार्य गर्ने पूर्व प्रशासक समेत रहेका संस्थाका केन्द्रीय सदस्य सन्त बहादुर बस्नेतले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका अन्य तदर्थ सदस्यहरू, सामाजिक अभियन्ता, पूर्व कर्मचारी, युवाहरू, विभिन्न पेशा र क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थापनाको प्रारम्भिक चरणमै नागार्जुन नगरपालिका स्थित वार्ड नं. १ मा समिति गठन गरिनुले संस्था कार्यान्वयनमुखी सोचका साथ अघि बढिरहेको देखिन्छ । संस्थाले काठमाडौंको कुनामा बसेर मात्रै नेतृत्व गर्ने होइन देशभरका प्रत्येक वडासम्म पुगेर जग बसाल्ने पक्षमा लाग्नुपर्छ, वडा समिति अध्यक्ष प्रल्हाद क्षत्रीले बताए । संस्थाले निकट भविष्यमा जिल्लास्तर र प्रदेशस्तरमा समेत संगठन विस्तार गर्दै राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ । त्यहाँबाट विधान, स्थायी समिति, नाम र भावी कार्ययोजना औपचारिक रूपमा पारित गरिने बताइएको छ । स्थापना पश्चातको पहिलो कार्यक्रममा देखिएको सहभागिता, प्रतिबद्धता र संगठनात्मक सोचले यो संस्था वैचारिक मात्र नभई व्यवहारिक पनि अगाडि बढ्ने आशा बढाएको सहभागिहरुले बताएका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg