Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

'खंडहर बन्दै नेपालकै पहिलो भ्यु टावर'

6666-1628163273.jpg

 

नेपाल सरकार पर्यटन मन्त्रालयको अभिलेख अनुसार दामनको भ्यु टावर नेपालकै पहिलो भ्यु टावर हो भन्ने सत्यतथ्य सर्ब बिदितै छ। यस अनुपम धरोहरको निर्माण बि।सं।२०२१ तिर राजा महेन्द्रले आफ्नी जेठी श्रीमती ईन्द्र राज्यलक्ष्मीको सम्झनामा बनाएका थिए जसरी भारतका मुगल सम्राट अकबरले आफ्नी स्वर्गीय कान्छी पत्नी मुमताजको  सम्झनामा अबिस्वास्निय ताज महल बनाएका थिए। त्यसै गरि भ्यु टावर पनि  प्रेमको एक बेजोड नमुना  हो। यसको निर्माणकालिन नाम चाहिँ शितल भ्यु टावरू थियो।
 राजा महेन्द्रको शासन काल देखि नै भ्यु टावर सरकारी निति -नियम  अनुसार  संचालन हुँदै आईरहेको छ। सुरुमा सिधै केन्द्रिय पर्यटन मन्त्रालय मार्फत संचालन  गरिन्थ्यो,पछि जिल्ला बिकास समिती मकवानपुरको  संरक्षणमा  ब्यबस्थापन गराउदै आएकोमा बि।सं।२०७३ सालदेखि देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पश्चात् स्थानीय सरकार थाहा नगरपालिकाको  मातहतमा संचालन हुँदै आएको छ र भ्यु टावरलाई सरकारले तोकेको समय अवधिसम्म ठेक्कामा दिने चलन यथावतै छ। बिगतमा ठेक्काको अवधी घटबढ हुने गर्दथ्यो तर प्रतिध्वनी एफ।एम।का संचालक राम बहादुर बस्नेतले स्टेप नेपाल नामक पर्यटन गतिविधि सँग सम्बन्धित  संस्थाको मातहतमा मिति २०६२ मा संचालन गरे यता करार अवधी जम्मा ५ वर्षको मात्र  तोक्ने गरेको छ।
 

भ्यु टावरको निर्माण भए संगै धेरै ब्यक्ती,समूह तथा संस्थाहरुले सरकारले तोकेको समयावधि र भाडा दरमा भ्यु टावर संचालन हुँदै आईरहेको छ। थाहा नगरपालिका वडा नं।४ का अध्यक्ष दिपक सिङ लामाले दिनुभएको  जानकारी  अनुसार बि।सं।२०४६ सालसम्म थाहा सोचका जननी तथा दार्शनिक स्वर्गीय रुपचन्द्र बिस्टले भ्यु टावर संचालन गरेका थिए। उनको पालामा हालको भ्यु टावर,एउटा पाले घर र एउटा पक्की कटेज मात्र थियो र एभरेष्ट भ्यु टावर नामकरण गरेका थिए। उनको पालामा भित्तामा कुदिएको सो नाम अझैपनि देख्न सकिन्छ । भ्यु टावरको सिमाना खुल्ला थियो,तारबार लगाएको थिएन हालको भ्यु टावरमा २ वटा राम्रा दुरबिनहरु थिए, भ्यु टावरमा रहेको रेस्टुरेन्टमा लज चलाएका थिए। उनको लज चलाउने तौरतरिका अचम्मको थियो।लजमा प्रयोग गर्ने डस्ना र सिरानिमा सल्लाको  सुकेको पत्कर भरेर ओछ्यान तयार पारिन्थ्यो,त्यस्तो नौलो शैली बिदेशीलाई साह्रै मन पर्थ्यो। मैले पनि अनुभव गर्ने मौका पाएको थिए,सुरुमा बिझाउँदो रहेछ तर चिसो ठाँउको लागि अति उपयोगी न्यायो हुँदो रैछ। अनि त्यो बेला बिदेशी पर्यटकहरु औधी आउने गर्दथ्यो।।
 
  बि.सं.२०४७ सालदेखि २०६१ सम्म १५ वर्ष काठमाडौका होटेल ब्यबसायी  रामानन्द सिङ र हेटौंडाका अशोक कन्ट्रक्सन प्रा.लि.ले संयुक्त रुपमा भ्यु टावर  चलाएका थिए,त्यति खेर पुरै संरचना नै परिवर्तन गरि खरको छानो हालेर टेण्टमा सुत्ने ब्यबस्था गरिएको थियो। त्यही समयमा माओवादी सशस्त्र द्वन्द पनि चलिरहेको थियो र जापान सरकारको सहयोगमा पाएको एउटा राम्रो दुर्बिन चाहिँ माओवादी समुहले  लगेका थिए। पछी  २०६२ देखि २०६६ सम्म राम बहादुर बस्नेतले चलाउने ठेक्का पाएका थिए र भ्यु टावरको प्रचारप्रसार एबं बिकासमा राम्रै उपलब्धि गरेका थिए तर पालुङ बचत तथा बहुउद्देश्यीय सहकारी संस्थामा गरिएको घोटालाको कारण २०६५ साल तिर उनी फरार भए अनि भ्यु टावर करिब २ वर्षको लागि बन्द भएको थियो। त्यस पश्चात् नयाँ ठेक्का युगेस्वर बिस्टले २०६८ देखि २०७२ सम्मको लागि पाए तर दुर्भाग्य २०७२ साल बैशाख १२ गतेको महाभुकम्पको कारण भ्यु टावर लगाएत अन्य भवनहरुमा क्षति पुगेकोले १ वर्ष पुरै बन्द भयो र ठेक्का पनि सक्यो र पुनः नयाँ ठेक्का आह्वान गरियो ।
  

बि.सं.२०७३ देखि २०७७ सम्मको निम्ति थाहा नगरबासी भरत गोपाली र प्रकाश होटेल इन्टरनेसनल प्रा.लि.ले संयुक्त रुपमा ५ वर्षको लागि पाएको  ठेक्का जसो तसो ३ वर्षसम्म मात्र चलाए। कोरोना महामारीको कारण २०७६ चैत्र पहिलो हप्ता देखि भदौ सम्म बभ्यु टावर  पुर्ण बन्द रह्यो। असोजमा लकडाउन खुलेपछि १ हप्ता जति मात्र भ्यु टावर खुल्यो तर कोरोना संक्रमण त्रासको कारण चहलपहल ठप्प भएकोले पर्यटन गतिविधि कत्तिपनी चलेन र ठेकेदार पक्ष र नगरपालिकाले गरेको दुई पक्षीय सम्झौता  रद्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति आईलाग्यो र तत्पस्चात आजको दिनसम्म भ्यु टावर बन्द नै रहेको छ। ठेकेदार पक्षको बैंक ग्यारेन्टी बिना नै ठेक्का दिने भुलको कारण पनि यहाँ नगरपालिकालाई बिस्वासघात भएको छ ।  टावर बन्द भए संगै स्थानीय पर्यटन गतिविधिमा व्यापक ह्रास छाएको छ ,स्थानीयहरुको ब्यापार-ब्यबसायमा समेत मन्दी आएको छ  र ठाउँकै बिस्वस्नियता  खस्किएको छ किनकी दामनको भ्यु टावर थाहा नगरकै गौरव एबं प्रमुख पर्यटकिय आकर्षण केन्द्र हो।
 
हाल भ्यु टावरको अवस्था एकदमै दयनीय  छ। २०७२ सालको भुकम्पको कारण बाहिरी रुपमा आंशिक  क्षति  पुगेको जस्तो देखिने भ्यु टावरलाई पुनः मर्मत गरिएको छैन,धेरै पर्यटकहरु एकैसाथ भ्यु टावर चढ्दा हल्किएको महसुस हुन्छ र किचन,कटेजहरु र भएका अन्य सबै भौतिक संरचनाहरु पनि थोत्रा भएका छन् ,दरार परेका छन् ,ढुसीले कुहिएका छन्,माकुराको जालिले जेलिएका छन् । अहिले भ्यु टावर कुनै डरलाग्दो खंडहर जस्तो देखिएको  छ।
हाम्रो देश नेपालको प्रमुख गौरवको योजनाहरु यसरिनै नासिने क्रम जारी छ र नेपाल सरकार ,स्थानीय सरकार यसतो दुष्कर्ममा स्पस्ट दोषी छ। वर्तमान समयसम्म भ्यु टावर भाडामा संचालन गर्ने कुनैपनी  ब्यक्ति,समूह या संस्थाले घाटा मात्र ब्यहोर्नु परेको छ। यसको प्रमुख कारण भनेकोनै सरकारले अत्यधिक मात्रामा कर लाद्नु  र भ्यु टावरको भौतिक बिकासमा कत्तिपनी चासो नदिनु नै हो किनकी यो सरकारी सम्पत्ती हो र यथार्थता सबैलाई थाहा छ, नेपालमा सरकारी कुरो कुनैपनी गतिला छैनन् भन्दा अनुचित नहोला । अनि अर्को सत्यता भ्यु टावरले ओगटेको जमिनको  आफ्नै लालपुर्जा नभएकै कारण  सिद्धकाली सामुदायिक वन उपभोक्ता समितिद्वारा रुख-बिरुवाको हाँगा काँटछाट, यसको क्षेत्र बिस्तार र बिकासमा संबंधित वन समिती पनि बाधक बनेको छ,किनकी उक्त सामुदायिक वन समितिको क्षेत्र अधिकार  भित्र भ्यु टावर पर्दछ।
यदि भ्यु टावरलाई ताज महल जस्तै  स्याहार-सम्भार गरि नगरकै गौरवको प्रतीकको रुपमा ब्यबस्थापन गर्ने हो भने मात्र तपाईं (हामिले सोचेको जस्तो भ्यु टावर बन्नेछ। स्थानीय सरकारले पनि  करको मात्रा कम गर्नुपर्छ,यसको भब्य बिकास योजना कोर्नुपर्दछ,करार अवधी २० वर्ष सम्मको बनाउनुपर्दछ,यसको मुल नाम शितल भ्यु टावर नै राख्नुपर्दछ र थाहा नगरमा भएका प्रमुख ऐतिहासिक महत्वका सम्पदाहरुलाई रास्ट्रीय सम्पदा सुचिमा सुचिकृत गर्नुपर्दछ। तब मात्र थाहा नगरको नारा थाहा नगर"बिकासको आधार कृषि पर्यटन र पुर्बाधारले "सार्थकता पाउनेछ।
 

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg