Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कैलाशको बिमिरेखोलामा फेला परेको शबको पहिचान खुल्यो 

death-file-1601111345.jpg

कैलाश गाउँपालिका–५ बिमिरे खोलामा एक पुरुषको शब भेटिएको छ । कैलाश–५ कै ३८ वर्षीय सोम सिन्तानको शब भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिनुभयो । 

कैलाश गाउँपालिका वडा नं. १ र ५ को दोभानमा पर्ने बिमिरे खोलामा आज विहान एक पुरुषको शब देखेपछि स्थानीयहरुले वडा अध्यक्षलाई खबर गरेका थिए । सबको पहिचान भएको र मृतक सिन्तान तीन दिनदेखि हराइरहेको कैलाश–५ का वडाअध्यक्ष छेकु लामाले बताउनु भयो ।

सिन्तान गत बिहीबार घरबाट खोला पारी काम गर्न गएको र त्यसपछि नफर्किएको आफन्तहरुले बताएका छन् । सिन्तान काम गर्न निस्केदेखि अविरलरुपमा वर्षा भएको थियो । भोलिपल्ट अवेरसम्म घरमा नआएपछि आफन्तले सिन्तानको खोजी शुरु गरेका थिए । 

गाउँमा धावा भनेर चिनिने सिन्तानको शब बिमिरे खोलामा भेटिए पनि त्यसभन्दा ४ किलोमिटर माथि पर्ने पाँचखोलाले बगाएर त्यहाँसम्म पु¥याएको अनुमान गरिएको वडा अध्यक्ष लामाले बताउनु भयो ।  खोलामा शब भेटिएपछि सो स्थानमा कैलाशस्थित डाँडाखर्क प्रहरी चौकीका प्रसनी कुँवरको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । 

अहिले शब भेटिएको स्थलमा सिन्तानका आफन्तहरु पनि पुगिसकेका छन् । इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासकुमार तामाङ नेतृत्वको टोली पनि त्यसतर्फ गएको छ । अहिले आफन्तहरुको रोहबरमा शब उठाएर पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको डाँडाखर्क प्रहरी चौकीका प्रमुख कुँवरले बताउनु भयो । 


 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg