pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

कृषीमा रमाउदै थाहाका युवा 

cover-1631876041.jpg

हुर्कदै गरेको कुखुराका चल्ला डुलीरहेका, लरक्क परेर बढिरहेका विभिन्न जातका बाख्रा र खसी बोका चरिरहेका र सुगुर बंगुर खोरमा कराईरहेका, गाई बाछा रमाईरहेका अनि खोर्सानी लगाएतका तरकारी लहलहाईरहेका देखिन्छन थाहा कृषी फार्ममा । 
नेपालमै बसेर मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण थाहानगरपालिका २ का युवाहरुले प्रस्तुत गरेका छन् ।  थाहा २ का हरि के.सी. र मिलन कार्कीले गाउँमै  कुषि फर्म सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका भन्दै सन्तुष्टि मिलेको बताउनु हुन्छ ।  
वैदेशिक रोजगारमा केहि वर्ष विताएका हरि के.सी. र मिलन कार्कीले बैदेशिक यात्रामा धेरै दुखकष्ट झेलेर बिताएको स्मरण गर्दै अब नेपालमै फर्केर कृषी कर्म गर्ने अठोटले फर्किको बताउनुहुन्छ ।  


बिदेशमा पैसा टिप्न पाईने सपना देखेर त गईयो, बिदेश पुगेपछि पैसाको बोट त आफ्नै माटोमा पो रहेछ भन्ने बुझियो अनि स्वदेश फर्किएर थाहा कृषी तथा पशु पन्छी फर्म संचालन गरेको संचालकद्धय के.सी. र कार्की बताउनुहुन्छ । 
१० रोपनी जग्गा बन्धकीमा लिइ ४६ लाख लगानीमा फर्म सञ्चालन गरिरहनु भएका के.सी. भन्नुहुन्छ  “अहिले हाम्रो फर्ममा बोयर, जमुनापारि, खरिजातका बाख्राहरु छन र कुखुराहरुमा कडकनाथ, लेस, लोटन, गिरिराज, लोकल रहेका छन त्यस्तै खरायो र बङ्गुरहरु पनि पालन गरिरहेका छौं ” अब व्यावसायिक रुपमा अझ बढाउदै जान्छौं ।  
बिदेशको तातोमा बगाएको पसिना र श्रमको मुल्य भन्दा त आफ्नै माटोमा गरेको मेहनतले बढी कमाउन र खुसी हुन सकिने व्यावसायी कार्कीलाई लागेको छ । 


 
हामी हाम्रो स्थानिय कामहरु गर्न अफ्ठ्यारो मान्छौं, लजाउँछौं तर बैदेशिक रोजगारमा भने जस्तोसुकै काम गर्न पनि पछि हट्दैनौं । विदेशको ठाउँ, हामीले सोचेको जस्तो सरल त कहाँ हुन्छ र ? जहाँ अरुको दवावमा काम गर्नुपर्ने ह्ुन्छ त्यहाँ व्यक्तिगत स्वतन्त्रताको अनुभुत त पक्कै हुँदैन । 


मेहनती हातहरुका लागि संसारका कुनै स्थानले फरक पार्दैन । परिवर्तन सम्भव केवल मेहनती हातहरुद्धारा नै हुने गर्दछ । भनिन्छ, जहाँ ईच्छा त्यहाँ उपाय । यदि मनमा प्रवल इक्षा छ भने हरेक काम सहज तरिकाले गर्न सकिन्छ । उदेश्य प्राप्तिका लागि काम गर्दै जादा आउने विभिन्न बाधा अड्चनहरु पन्छाउदै हिम्मत नहारी लगनशिल भए पक्कै सफलता पाईन्छ । 

 

थाहाका यी उद्यमी युवाहारुको सवालमा भने कुरा फरक हुन जान्छ । सायद बैदशिक यात्राले पनि धेरै कुरा सिकाएको हुनसक्छ । करिव ४६ लाख बरावरको लगानीमा सुरु गरिएको थाहा पशुपंक्षी तथा कृषी फर्म लगभग १० रोपनी क्षेत्रफलमा फैलिएको छ जहाँ जमुनापारि, बोयर, खरि जातका गरि अहिले २२ वटा बाख्राहरु छन । त्यस्तै कुखुराहरुमा कडकनाथ, लेस, लोटन, गिरिराज र लोकल गरि हरेक २००÷२०० वटा रहेका छन् । पहिलो बर्ष कुखुराबाट खासै नाफा लिन नसकेको उहाँहरुको तितो अनुभव छ । पहिलो बर्षमै व्यवसायबाट घाटा खाएर पनि आत्मबल भने पूरानै अवस्थामा रहेको र अझ समस्याहरुसंग कसरि जुध्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाइसकेपछि थप उर्जा मिलेको उहाँहरु बताउनुहुन्छ । 


अकबरे खोर्सानी र अन्य जातका खोर्सानी लगाएत तरकारीहरु लगाएर दिनभर व्यस्त हुने कार्की र के.सी. व्यवसायिक कृषीमा सफल हुने अठोटका साथ लागिरहरुनु भएको छ । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...