jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

कृषि प्रदर्शनीमा उत्कृष्ट हुने कृषकहरु पुरस्कृत

FB_IMG_1702311063418-1702311076.jpg

थाहानगरमा जारी चौथो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएको कृषि उपजहरुबाट उत्कृष्ट भएका कृषकहरुलाई सोमबार पुरस्कार प्रदान गरेको छ ।

थाहा नगरपालिका मेयर विष्णुबहादुर विष्टले उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रदर्शनीमा करिव १ सय २५ जनाको सहभागिता जनाएको कृषकहरु मध्येबाट २१ कृषकको नतिजा सार्वजनिक गरेको थियो । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रदर्शनको नतिजा अनुसार काउली तथा जरे तरकारी बालीतर्फ थाहा २ को सुमित्रा घलानको काउली प्रथम, थाहा ३ को राजकुमार घिसिङको ब्रोकाउली द्वितीय र थाहा १ को अनिता सिन्तानले उत्पादन गरेको मुला तृतीय भएको थियो । फलफूल समूहको तरकारी बालतर्फ थाहा २ को साननानी ढकालले उत्पादन गरेको फर्सी प्रथम, थाहा ६ को थाहा सिङको अकबरे द्वितीय र थाहा ४ को कुमार कार्कीले उत्पादन गरेको लौका तृतीय भएको थियो । कन्दमूल बालीतर्फ थाहा २ को कृष्ण कार्कीले उत्पादन गरेको पिडालु प्रथम, थाहा १२ को देउती माया आलेले उत्पादन गरेको पिडालु द्वितीय र थाहा २ को डोलकुमारी ढकालले उत्पादन गरेको बेसार तृतीय भएको थियो ।

त्यस्तै फलफूल बालीतर्फ थाहा १२ को भक्त बहादुर आले मगरले उत्पादन गरेको एभोकाडो प्रथम, थाहा १२ कै क्षेत्रबहादुर आलेले उत्पादन गरेको सुन्तला द्वितीय र थाहा ६ को मजिरमान महर्जनले उत्पादन गरेको किबी तृतीय भएको थियो । आलु बीउतर्फ थाहा २ को भवानी भमालले उत्पादन गरेको कार्डिनल आलु प्रथम, थाहा ४ को रेशमबहादुर विष्टले उत्पादन गरेको कार्डिनल आलु द्वितीय र थाहा ३ को सानोभाइ खड्काले उत्पादन गरेको मर्मल टप आलुको बीउ तृतीय भएको थियो । अन्न बालीतर्फ थाहा २ को शिवराम कार्कीले उत्पादन गरेको देउती मकै प्रथम, थाहा २ कै पार्वती ढकालले उत्पदन गरेको देउती मकै द्वितीय र थाहा २ की रीता कुमारी थापाले उत्पादन गरेको कोदो तृतीय भएको थियो भने अन्य बालीतर्फ थाहा १२ को दुर्गा बहादुर आले मगरले उत्पादन गरेको कफी प्रथम, थाहा ६ को बाराही मौरी घारको सेरेना गौरी द्वितीय र थाहा १२ कै भक्त बहादुर आले मगरले उत्पादन गरेको कफी तृतीय भएको थियो ।

मेयर विष्टले प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय भएका किसानलाई क्रमशः नगद २ हजार, १ हजार ४ सय र १ हजार रुपैयाँ प्रदान गरेका थिए । थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा पुरस्कार वितरण कार्यक्रम भएको हो। कार्यक्रममा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख नविन खालिङ राई, कृषि शाखा प्रमुख सञ्जय तिवारीलगायतको आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...