Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कुलेखानीमा १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाइने

kulekani-1611365095.jpg

नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने भएकोे छ । प्राधिकरणले सो क्षमता बराबरको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको हो ।
प्राधिकरणले यसका लागि सर्वेक्षणको अनुमति माग्दै विद्युत् विकास बिभागमा आवेदन पनि दिइसकेको छ । प्राधिकरणले गत पुसमा नै उक्त आयोजनाको सर्वेक्षण अनुमति माग्दै विभागमा आवेदन दर्ता गरेको हो ।

प्राधिकरणअन्तर्गतको एनईए इन्जिनीयरिङ कम्पनीले केही समयअघि नै यस सम्बन्धमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा त्यहाँ पम्प स्टोरेज प्लान्ट बन्ने देखिएपछि प्रक्रिया अगाडि बढाइएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उक्त पम्प स्टोरेज प्लान्ट बनाउने प्रक्रिया अगाडि बढाइएको बताए ।

कुलेखानी बाँधभन्दा २ किलोमीटर तल रहेको सिस्नेरीमा उक्त आयोजना बन्नेछ । साँझको पिक आवर (४ घण्टा) मा उक्त आयोजना सञ्चालन गरिनेछ । उक्त समयमा कुलेखानी बाँधबाट नै पानी लगेर १०० मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

विद्युतगृहको टर्वाइनबाट बाहिरिने पानीलाई नजीकै अर्को बाँध बनाएर जम्मा गरिनेछ । पिक आवर सकिएपछि रातिको समयमा पम्प तथा मोटर लगाएर बाँधको पानी माथि कुलेखानी बाँधमा फिर्ता पठाउने गरी आयोजना बनाउन लागिएको हो । यो चक्र पूरा गर्दा लगभग १० प्रतिशत पानी खेर जान सक्ने बताइएको छ ।

पानीको उच्चतम प्रयोग तथा पिक आवरको विद्युत् मागलाई आपूर्ति गर्न सहज हुने गरी आयोजना बनाउन लागिएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ‘हामीलाई अझै पनि हिउँदको पिक आवरमा मागअनुसारको विद्युत् पुग्दैन ।

त्यो अवस्थामा पिक आवरमा विद्युत् उत्पादन गर्ने गरी आयोजना बनाउन लागेका हौं,’ उनले भने, ‘त्यसपछि रातिको समयमा तल जम्मा भएको पानी कुलेखानी बाँधमा पठाउँछौं ।’ विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले उक्त आयोजनालाई सर्वेक्षणको अनुमति दिने विषयमा छलफल भइरहेको बताए ।

अहिले विभागको आयोजना अध्ययन महाशाखामा उक्त आयोजनाको सम्भाव्यताको विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।
‘भौगोलिक बनोटका आधारमा आयोजना बन्न सम्भव छ कि छैन, आयोजना निर्माण हुने सम्भावना कत्तिको छ ? कस्तो बाँध बन्छ भन्ने विषयमा आवश्यक अध्ययन गरेर सर्वेक्षणको विषयमा निर्णय हुन्छ,’ उनले भने ।

कुलेखानी बाँध कंक्रिट नभएर ढुंगा भरेर बनाइने (रक फिल) बाँध हो । अब बन्ने बाँध पनि रक फिल नै हुने बताइएको छ । त्यो अवस्था बाँधमा दैनिक रूपमा पानी प्रवाह भइराख्न जोखिम हुन सक्ने उनको भनाइ छ । उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भने बनाउने क्रममा नै रहेको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले भने उक्त आयोजना बनाउन सम्भव रहेको बताए । निर्माण शुरू गरेको २ वर्षभित्र नै आयोजनाको निर्माण सम्पन्न हुने उनको दाबी छ । आयोजना निर्माण गर्न करीब ८ अर्ब लगानी लाग्ने छ । उक्त लगानी रकम दातृ निकायको सहयोग तथा ऋण खोजेर जुटाइने शाक्यको भनाइ छ ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg