Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कुलेखानीमा पानीको सतह १० मिटर बढ्यो

kulekhani-1625298772.jpg

जलाधार क्षेत्रमा भारी वर्षा भएकाले कुलेखानी जलाशयमा तीन दिनमा करिब १० मिटर पानीको सतह बढेको छ । जलाधार क्षेत्रमा असार १५ देखि १८ गतेसम्म भारी वर्षा भएकाले पानी सतह ह्वात्तै वृद्धि भएको हो ।

गत वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन । ‘यो वर्ष असार मध्यमै वर्षा धेरै भएकाले जलाशय चाँडै भरिन सक्छ,’ कुलेखानी प्रथमका प्रमुख धीरेन्द्र चौधरीले भने, ‘दुई वर्षदेखि कुलेखानी भरिएको थिएन, यो वर्ष भरिन्छ ।’ नेपाल विद्युत् प्राधिकरण ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशयमा शुक्रबार दिउँसो तीन बजेसम्म १ हजार ५ सय ११.११ सेन्टिमिटर पानी संकलन भएको छ । यो वर्ष वर्षायाम सुरु हुनुअघि जलाशयमा १ हजार ५ सय २ मिटर पानीको सतह थियो ।

असार १५ मा जलाशयमा १ हजार ५ सय २.३३ सेन्टिमिटर पानी थियो । १५ देखि १८ गतेसम्म जलाधार क्षेत्रमा लगातार वर्षा भएकाले तीन दिनमै जलाशयमा करिब १० मिटर पानीको सतह बढेको हो । ‘यी तीन दिनमा दैनिक ३ मिटरभन्दा बढी पानीको सतह बढ्यो,’ आयोजना प्रमुख चौधरीले भने । जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म प्रयोग गर्न सकिन्छ । गत वर्षको यही अवधिमा १ हजार ५ सय ३ मिटर मात्र पानीको सतह थियो ।

इन्द्रसरोवर गाउँपालिकामा पर्ने जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर पानी संकलन गर्ने छ । ‘कुलेखानी भरिन करिब २० मिटर मात्र बाँकी छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने, ‘जलाधार क्षेत्रमा एकरदुई घण्टा भारी वर्षा भयो भने एक दिनमा दुईरतीन मिटर नै पानीको सतह बढ्छ ।’ जलाशयको पानीको खपत अहिले छैन । वर्षायाम भएका कारण कुलेखानी पिक समयमा पनि सञ्चालन गर्नुपरेको छैन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोवाट १४ गरी १ सय ६ मेगावाट बिजुली उत्पादन हुने गरेको छ । इकान्तिपुरबाट ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg