jkmv-english-1784299234.jpg
Thursday, 30 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

कुलेखानीमा पानीको सतह घट्दै

FB_IMG_1749566290793-1749566322.jpg

देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह सोमबार साँझसम्म १४ सय ८६.३९ मिटर पुगेको छ । कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टका अनुसार तत्काल पानी नपर्दा र नियमित जस्तो विद्युत उत्पादन गर्नुपर्दा इन्द्रसरोवरको पानीको सतह घटिरहेको हो ।

उनले इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट अन्तिम विन्दु १४ सय ८४ मिटरसम्म पुर्‍याउन सकिने जानकारी दिए । यद्यपि बिजुलीको माग बढिरहे थप एक मिटर तलसम्म जान सकिने उनको भनाई छ । त्यसपछि भने कुलेखानीबाट नियमित बिजुली उत्पादन गर्न नसकिने प्रमुख भट्टले बताए ।

उनका अनुसार अहिले कुलेखानी प्रथम जलविद्युत् केन्द्र, दोस्रो र तेस्रो नियमितजसो पूर्ण क्षमतामा चलिरहेको छ । समुद्री सतहबाट १४ सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने प्रमुख भट्टले जानकारी दिए  ।

‘सोमबार साँझसम्म इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट १४ सय ८६.३९ मिटर पुगेको छ । अझै दुई तिन मिटरसम्म हामी बिजुली उत्पादन गर्न सक्छौ,’ उनले भने, ‘पानीको सतह १४ सय ८३ मिटरभन्दा तल झरेको अवस्थामा भने कुलेखानीबाट अत्यावश्यक भन्दा बाहेक बिजुली उत्पादन गर्न सकिँदैन ।’

पछिल्लो समयमा गर्मी बढेसँगै बिजुलीको माग बढी रहेकोले कुलेखानी विद्युत् आयोजना नियमित चलाउनुपरेको उनले जानकारी दिए । उनका अनुसार नियमित विद्युत उत्पादन हुँदा र पानी नपर्दा इन्द्रसरोवरमा पानीको सतह घटेको हो ।

प्रमुख भट्टका अनुसार इन्द्रसरोवरमा समुद्र सतहबाट १५ सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । इन्द्रसरोवरमा अघिल्लो वर्ष पनि अन्य समय भन्दा बढी पानी खपत भएको थियो ।

पानी पर्न सुरु भएपछि इन्द्रसरोवरमा पानीको सतह बढ्ने भएकाले पनि यो समयमा पानीको अधिकतम उपयोग गरेको आयोजना प्रमुख भट्टले बताए । गत वर्ष १० र ११ गते परेको अविरल वर्षापछि इन्द्रसरोवर ताल भरिएर ओभरफ्लो समेत भएको थियो । सरोवरको बाँधको सुरक्षाको लागि दुई वटा ढोका खोलेर पानी बाहिर पडाइएको थियो ।

प्रमुख भट्टले निरन्तर पानी पर्ने र हिउँ पग्लेर खोलाहरूमा पानीको सतह बढ्ने क्रम सुरु भएपछि रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा चल्न थालेपछि कुलेखानी जलविद्युत् आयोजना ब्याकअप रूपमा मात्रै सञ्चालन हुने जानकारी दिए ।

कुलेखानीलाई नेपालको जलविद्युतको महत्त्वपूर्ण ब्याकअप आयोजनाका रूपमा लिइन्छ । विशेष गरी सुक्खा र गर्मी याममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानी प्रथम जलविद्युत् आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुने गरेको छ । रातोपाटीबाट ।

FB_IMG_1749566293116-1749566322.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...