Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कुलेखानीमा उच्च सतर्कता, वर्षा घटे पनि पानीको सतह बढ्दै

kulekhani-1563534129.jpg

 मकवानपुर ।  नेपाल विद्युत प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयलाई उच्च निगरानीमा राखेको छ । हाल पूर्ण क्षमतामा चलिरहेको कुलेखानीमा कुनै पनि बेला जोखिम निम्तिन सक्ने निष्कर्ष निकालेर प्राधिकरणले उच्च निगरानीमा राखेको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हाल कुलेखानी भरिन ३ मिटर मात्रै बाँकी छ । कुलेखानीको जलाधार क्षेत्रमा हाल वर्षाको अवस्था सामान्य भए पनि कुलेखानीमा पानीको सतह बढ्ने क्रम सामान्य छैन । वर्षा घटेपछि गरिएको मापनमा पनि कुलेखानीको सतह प्रति १० मिनेटमा १ सेन्टिमिटरसम्म बढेको पाइएको थियो । यसअनुसार ६० मिनेट अर्थात् एक घण्टामा कुलेखानीमा ६ सेन्टिमिटरसम्म पानी भरिने अवस्था छ ।
अहिले आयोजनालाई पूर्ण क्षमतामा चलाइएको भए पनि घण्टामा ३ सेमिन्टमिटर मात्रै सतह घट्छ । गत साताजस्तै भारी वर्षा भएमा दुई घण्टामै कुलेखानी भरिने अवस्था रहेको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार अहिले कुलेखानीलाई प्राधिकरण, स्थानीय प्रशासन र नेपाली सेनाले निगरानी र सुरक्षा विश्लेषण गरिरहेका छन् । कुलेखानी खोल्नु परेमा मकवानपुर, रौतहट लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई असर पार्न सक्छ ।
क्षमताभन्दा बढि पानी राख्दा बाँधमा जोखिम हुने भएकाले कुलेखानी भरिनासाथ खोल्नुपर्ने प्रवक्ता अधिकारीले बताए । स्थितिलाई नियन्त्रणमै राख्न र तल्लो तटीय क्षेत्रमा समयमै सूचना र्पुयाउन पनि कुलेखानीमा यो वर्षा अवधभिर नै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । 
‘कुलेखानीलाई मिनेट मिनटमा निगरानी गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कतिबेला कुलेखानी भरिएर पानी खोल्नुपर्ने अवस्था आउँछ भन्न सकिन्न ।’
तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न कुलेखानी जलाशयलाई हरेक समय निगरानीमा राखिएको अधिकारी बताउँछन् । गत साता भएको भीषण वर्षामा कुलेखानी जलासयमा प्रतिघण्टा १।७८ मिटरसम्म पानीको सहत बढेको थियो । यस्तो अस्वभाविक रुपमा पानीको सतह बढ्दा सामान्य रुपमा असोजमा भरिने कुलेखानी यो वर्ष साउन नलाग्दै भरिन लागेको छ ।
गत असार २९ गते कुलेखानी भरिने अवस्था आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर तल्लो तटीय क्षेत्रका बसिन्दालाई सुरक्षित रहन आग्रह गरेको थियो । त्यसलगत्तै वर्षा कम भएपछि कुलेखानी आयोजना पूर्णरुपमा चलाउँदा पानीको सतह व्यवस्थापन भयो । तर, प्राधिरकण अहिले पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउँछ ।
‘नेपालको ऊर्जा ब्याकअप’ भनिने कुलेखानी आयोजना पूर्ण क्षमतामा चलिरहँदा देशभरका सबै आयोजना लगभग पूर्ण क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार हाल बाढीका कारण २४ मेगावाटको माथिल्लो मादी र २२ मेगावाटको मान्डु हाइड्रोबाहेक निजी क्षेत्रका सबै आयोजना सञ्चालनमा छन् ।
यसका कारण भारतबाट ढल्केबर(मुजफ्फरपुर प्रसारणलाइनबाट आउने १५० मेगावाट बाहेक अरु सबै प्रसारणलाइनबाट विजुली आयात बन्द भएको छ । बरु नेपालले गत साता १७८ मेगावाटसम्म विजुली भारत पठाएको थियो ।
अहिले पनि विभिन्न प्रसारणलाइनाबाट भारतको बिहारतर्फ विजुली निर्यात भइरहेको छ । नेपालले विद्युत् आदान प्रदान समितिमार्फत विजुली भारत पठाउने गर्छ । साभार अनलाईन खवर

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg