pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कुलेखानीको रोयल्टी थाहा नगरको हकको विषय हो'-नगर प्रमुख बिष्ट

FB_IMG_1747581860091-1747581898.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले कुलेखानी बाट प्राप्त हुने जल विद्युत रोयल्टी थाहा नगरपालिकालाई धेरै हुनुपर्नेमा जोड दिनु भएको छ।
जेठ ४ गते संघिय जलाधार व्यवस्थापन श्रोत केन्द्र कुलेखानीले थाहा नगरपालिकाको कार्यालयमा आयोजना गरेको कुलेखानी सुरक्षित जलाधार क्षेत्रको घोषणाको लागि पूर्व तयारी छलफल कार्यक्रममा प्रमुख बिष्टले उक्त कुरामा जोड दिनुभएको हो।

प्रमुख बिष्टले कुलेखानी जलाशयको संरक्षणमा स्थानीय समुदाय र नगरपालिकाको दीर्घकालीन योगदानको चर्चा गर्दै भने,
"हामीले जलाधार क्षेत्र जोगाउन गरेका प्रयासहरूका कारण कुलेखानी जलाशय अझै कायम छ। त्यसैले कुलेखानीबाट प्राप्त हुने जल–विद्युत रोयल्टीमा थाहा नगरलाई प्राथमिकता दिनु आवश्यक छ।"
उहाँले संरक्षणलाई प्रोत्साहन गर्न स्थानीय सरकारलाई समावेशी र न्यायोचित लाभ वितरण प्रणाली आवश्यक भएको पनि बताए।
कार्यक्रममा भु संरक्षण बिभागका वरिष्ठ अधिकृत हरीबंश आचार्यले  कुलेखानी क्षेत्रलाई सुरक्षित जलाधार क्षेत्रको रूपमा घोषणा गर्न आवश्यक नीति, संरचना, समुदायको भूमिका र सम्भावित प्रभावबारे सहजीकरण गरेका थिए। 

कार्यक्रमलमा  स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच समन्वयमार्फत दीर्घकालीन संरक्षण रणनीति निर्माण र स्रोत साधनको न्यायोचित बाँडफाँटमा ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै सामूहिक पहलमार्फत जलाधार क्षेत्रको संरक्षणमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,भु संरक्षण बिभागका भु संरक्षण अधिकृत बिजय पुरी 
शान्त कुमार शाही,कुलेखानी जलाधारका  निमित्त भु संरक्षण अधिकृत बिष्णु कुमारी अधिकारी  
संघिय जलाधार व्यवस्थापन श्रोत केन्द्र कुलेखानीका 
भु संरक्षण सहायक निश्चल अधिकारी लगायतका उपस्थिति रहेको थियो।

 

FB_IMG_1747581872517-1747581898.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...