pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कुन्छाल र कुलगाउँको दाफा भजनमाला बिमोचन,

310068630_169052797131796-1664553699.jpg

थाहा नगरको परम्परागत गाउँ कुन्छाल र कुलगाउँको नेवारी समुदायको प्रचलित तथा परम्परागत भजन दाफा भजन लाई नयाँ पुस्तालाई आफ्नो रिति परम्परा  हस्तान्तरण गर्न र दाफा भजनको लिपि लाई संरक्षण गर्नको निम्ति थाहा नगरपालिका वडा न १ को आयोजना तथा सुनौलो सामुदायिक सिकाइ केन्द्र र जिवन्त शिक्षाको सहकार्यमा कुन्छाल ,कुलगाउँ दाफा भजन माला संग्रहको बिमोचन बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र थाहा नगरपालिकाका प्रमुख बिष्णुले संयुक्तरूपमा विमोचन गर्नुभएको छ।
भजन माला विमोचन संगै सुनौलो बिकास केन्द्र बारे साक्षात्कार तथा स्वयंसेवी शैक्षिक अभियान जिवन्त शिक्षा द्वारा जीवन ,जगत र योगाको बारेमा जानकारी दिदै पुर्वीय दर्शनको आध्यात्मिक विशेषताको बारेमा प्रष्ट पार्दै साधना र योगको फाइदाको बारेमा चर्चा गरियको थियो।
थाहा नगरपालिका सामाजिक बिकास शाखाको आर्थिक सहयोगमा प्रकाशित भजन मालामा कुन्छाल र कुलगाउँका नेवार समुदायले विभिन्न चाड तथा पुजाआजामा गाइने धार्मिक ग्रन्थ हरुको नेवारी भाषामा लिपिबद्द गरियको भजन मालाका सम्पादक तथा संकलक रुपचन्द्र गोपालीले बताउनुभयो।
दशै बिशेष शुभकामना आदानप्रदान तथा चियापान सहितको कार्यक्रममा प्रमुख अतिथी मन्त्री मोक्तानले नेवारी संस्कृति र परम्पराको बारेमा चर्चा गरेका थिय भने बिशेष अतिथी नगर प्रमुख बिष्टले योग साधना र अध्यात्मको बारेमा चर्चा गरेका थिय।
कार्यक्रममा कुन्छाल कुलगाउको नेवारी संस्कृति र परम्परा सहित दाफा भजन लाई जिवित राख्न योगदान गर्ने कुलगाउँका मुल गुरु हर्ष बहादुर गोपाली र कुन्छालका मुल गुरु धन बहादुर गोपालीलाइ प्रमुख अतिथी मन्त्री मोक्तानले सम्मानपत्र तथा दोसल्ला र नगद सहित सम्मानित गर्नुभयो भने कुन्छाल महिला बासुरी बादक समुहलाइ प्रसंसापत्र सहित सम्मानित गरियको थियो।
वडा न १ का अध्यक्ष हेरमान गोपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको बिशेष आतिथ्यता रहेको कार्यक्रममा,थाहा नगरका उपप्रमुख भरत गोपाली, जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली,वडा सदस्यहरु पार्वती सुनुवार,अनिता वल,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,जिवन्त शिक्षाका अध्यक्ष राजन बिंडारी,सुनौला माबिका अध्यक्ष प्रमोद गोपाली,प्र अ कृष्ण प्रसाद लामिछाने ,सुनौलो सिकाइ का अध्यक्ष, रुपचन्द्र गोपाली,एकीकृत समाजवादी थाहा नगर अध्यक्ष सानुकाजी गोपाली,नेकपा माओवादी बागमती प्रदेश सदस्य इन्द्र श्रेष्ठ ,थाहापाटीका कार्यकारी सम्पादक कुन्छाल कुलगाउँ दाफा भजन समुहका सदस्य हरु महिला बासुरी बादक हरु लगायत स्थानिय नेवार समुदायको उपस्थिति रहेको थियो।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...