Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कुन्छाल कुलेखानी सडक निर्माण अनुगमन समिती द्वारा कार्यविवरण माग।

IMG_20230912_112511_700-1694528749.jpg

कुन्छाल कुलेखानी सडक निर्माण अनुगमन समितिले थाहा नगरपालिका वडा न १ र ६ भैरहेको सडक स्तरोन्नति कार्यको स्थानीय राजनीतिक दल र सरोकारवाला हरुलाई कार्यविवरण जानकारी गराउन आग्रह गर्दै थाहा नगरपालिका लाई समन्वय गरिदिन आग्रह गरेको छ।
आज थाहा नगरपालिकाको कार्यालयमा कुन्छाल कुलेखानी सडक निर्माण अनुगमन समितिका सदस्य हरुले नगर प्रमुख बिष्णु बिष्टलाई वहाँकै कार्यकक्षमा भेट्दै निर्माण कम्पनी संग प्राविधिक डिजाइन र स्टमेट समेत उपलब्ध गराउन सहजीकरणको लागि अनुरोध गरेको अनुगमन समितिका संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताउनुभयो।
साथै सो निर्माण कार्य भैरहेको क्षेत्रमा नगरपालिका बाट प्राविधिक कर्मचारी समेत उपलब्ध गराइ कामको गुणस्तर अनुगमन गर्न नगरलाइ अनुरोध गरिएको श्रेष्ठले बताए।
भेटमा नगर प्रमुख बिष्टले निर्माण कार्यको नगरपालिकाले आफ्नो तरिकाले अनुगमन गरिरहेको बताउदै स्टमेट अनुसार कार्य गराउन थाहा नगरपालिकाले सघन सहरी बिकास कार्यालय संग समन्वय गरिरहेको बताउदै स्थानीय स्तरको अनुगमनले पनि गुणस्तरीय काम गरे नगरेको हेर्न आग्रह गरेको अनुगमन समितिका सदस्य सानुकाजी गोपालीले बताउनुभयो।
भेटमा संयोजक श्रेष्ठ सहित सानुकाजी गोपाली ,महेश्वर सुवेदी ,श्यामकृष्ण जोशी,योगेन्द्रमान श्रेष्ठ ,मनहरी भट्ट ,प्रमोद गोपालीको उपस्थित रहेको थियो।
साथै समितिले थोप्ले डाडा देखि बासको झ्याङ सम्म १० मिटर,बासको झ्याङ देखि दुप्चे बजार पुल सम्म १४ मिटर ,र दुप्चे पुलदेखी बाकी भाग १० मिटर सडक स्तरोन्नति गर्ने जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...