pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

किशोरी हरुलाई चारदिने प्रजनन स्वास्थ्य र लैङ्गगिक हिंसा विषयक तालिम सुरु।

CamScanner-०३-३१-1680266231.jpg

थाहा नगरपालिका महिला,बालबालिका,अपांग तथा जेष्ठ नागरिक शाखा द्वारा किशोरी समुहको लागि चार दिने प्रजनन स्वास्थ्य,महिनावारी,लैङ्गिक हिंसा तथा पोषण सम्बन्धी तालिम शिखरकोटको बिकास घरमा सुरु भएको छ।

किशोरीलाई यस किसिमको तालिमले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्न सक्ने र  किशोरी शिक्षा उचित भएमा केहीहद् सम्म समस्याबाट किशोरीलाई छुटकारा दिलाउन सकिने महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले बताइन।

वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझीले तालिमले प्रत्यक्ष रूपमा शिक्षा दिदै जीवनोपयोगी सीप प्रदान गरी समूहमा आवद्द गराई विभिन्न गतिविधिमा संलग्न गराएको खण्डमा पनि व्यवहारिक ज्ञान प्राप्त गरी जीवनको बाटो पहिल्याउन सक्ने बताए ।

थाहा नगरपालिका सामाजिक बिकास संयोजक दिनेश बलको प्रमुख आतिथ्यतामा सम्पन्न चार दिने तालिम सुरुवात कार्यक्रममा सामाजिक बिकास सदस्य पवित्रा सिंह ठकुरी,कार्यपालिका सदस्य जनक बिक,चन्द्रमाया थिङ,लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान,नानिछोरी प्रधान,रेनुका प्रधान पत्रकार शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

नगरका ३० जना किशोरीहरुको सहभागिता रहेको तालिममा प्रजनन स्वास्थ्य र महिनावारी तथा पोषण विषयमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर शक्ति चौरासिया र स्वास्थ्यकर्मी चन्द्रदिप भुजेलले सहजीकरण गर्ने छन।

तालिम चैत २० गते सम्म चल्ने छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...