pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कालिका लघुवित्तद्वारा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

20250307_122500-1741350532.jpg

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हल थानाबजारमा सम्पन्न गोष्ठीमा ढल्ट कालिका केन्द्रका प्रमुख लक्ष्मी बिश्वकर्माको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,महालक्ष्मी बिकास बैंक पालुङका प्रमुख नितेश पाण्डे,नगर प्रहरीका प्रमुख किरण गिरी,इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई शुभकामना दिदै प्रमुख अतिथी भरत गोपालीले कार्यक्रमलाई सम्बोधन गर्दै केहि संस्थाले नै संस्थाहरुको बदनामी गरेको बताएका छन्। उनले भने, “जे प्रयोजनका लागि हो त्यही प्रयोजनका लागि ऋण लगानी गर्नु पर्छ र प्रयोग गर्नुपर्छ।” साथै, उनले संस्थाको आर्थिक प्रगतिको शुभकामना व्यक्त गर्दै आर्थिक व्यवस्थापनमा चनाखो हुनुपर्ने पनि बताए।
उनले भने, “सर्वसाधारणको पैसा सदुपयोग गरेमा धेरै लाभ हुने तर दुरुपयोग गरेमा हामीलाई र हाम्रो भविष्यलाई बर्बाद पार्न सक्छ।” मल्लले कर्जा लिनु भन्दा पहिले, “यो पैसा के काममा प्रयोग गरिने हो? यसको बजार छ कि छैन? तिर्न सक्छु कि सक्दिन?” भनेर सोच्नुपर्ने बताएका छन्।

संस्थाका केन्द्रिय कर्जा बिभाग प्रमुख हर्ष बहादुर स्याङ्तान र अनुगमन अधिकारी सरोज न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा कालिका लघुवित्त ओखरबजार शाखाका प्रमुख रनिल खत्रीले संचालन गरेका थिए।
गोष्ठीमा १ सय ७ केन्द्रका केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो।

20250307_122500-1741350549.jpg
20250307_122500-1741350561.jpg
20250307_115221-1741350534.jpg
20250307_115221-1741350550.jpg
20250307_115221-1741350561.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...