pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा

FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा हुने जात्रामा नेवाः कला, संस्कृति, परम्परा, धार्मिक विधि तथा मौलिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइने भएको हो।
जात्राका अवसरमा नेवा फुड फेस्टिवल, विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक सांस्कृतिक प्रस्तुति तथा परम्परागत बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ। नेवाः समुदायका मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त रूपमा प्रदर्शन गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले जात्रा आयोजना गर्न लागिएको गुठीले जनाएको छ।
पालुङको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको इन्द्रजात्रामा यसपटक धार्मिक तथा सांस्कृतिक विधिलाई समेत विशेष रूपमा निरन्तरता दिइने भएको छ। पुस्तौँदेखि चलिआएको परम्पराअनुसार गुठीयारहरूबाट पूजा सामग्री संकलन गरी क्रमशः अष्टभैरव मन्दिर, भगवती मन्दिर, पाण्डुकेश्वर महादेव मन्दिर र तलेजु मन्दिरमा पुजारी तथा गुरुबाट विधिपूर्वक पूजा गरिनेछ।
त्यसपछि गुरु तथा पुजारीद्वारा पाँचौँ देवी, गणेश, कुमारी, इन्द्रेणी, वाराही तथा भैरव लगायतका देवी–देवताको पूजा–आराधना गरिनेछ। परम्पराअनुसार बलि तथा अन्य धार्मिक विधिसमेत सम्पन्न गरिने आयोजकले जनाएको छ।
कालभैरवको मुखबाट छ्याङ र प्रसाद
पालुङको इन्द्रजात्राको विशेष आकर्षणमध्ये कालभैरवको मुखबाट छ्याङ अर्थात् प्रसाद वितरण गर्ने परम्परा समेत रहेको छ। वर्षमा एकपटक इन्द्रजात्राका अवसरमा कालभैरवको मुख खोली विधिपूर्वक पूजा–आराधना गरेपछि उहाँको मुखबाट छ्याङ तथा प्रसाद वितरण गर्ने परम्परा रहिआएको छ।
स्थानीय धार्मिक विश्वासअनुसार उक्त प्रसाद ग्रहण गरेमा रोगव्याधिबाट रक्षा हुने, सुख–शान्ति प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यही मौलिक धार्मिक परम्पराले पालुङको इन्द्रजात्रालाई थप विशिष्ट बनाउँदै आएको छ।
त्यस्तै, जात्राका क्रममा लाखे नाच र लाखेद्वारा समयबजी छर्ने परम्परा समेत प्रस्तुत गरिनेछ। परम्परागत लाखे नाच, बाजागाजा र समयबजीको संयोजनले जात्रामा थप रौनक ल्याउने अपेक्षा गरिएको छ।
नेवा फुड फेस्टिवलमा मौलिक स्वाद
इन्द्रजात्राको अर्को आकर्षणका रूपमा नेवा फुड फेस्टिवल आयोजना गरिने भएको छ। फुड फेस्टिवलमार्फत विभिन्न मौलिक नेवाः परिकारको स्वादसँगै नेवाः समुदायको खानपान संस्कृति र परम्परालाई समेत चिनाउने प्रयास गरिने आयोजकको भनाइ छ।
स्थानीय मौलिक परिकार, परम्परागत बाजागाजा, सांस्कृतिक नृत्य, झाँकी र धार्मिक विधिहरूको प्रस्तुतिले पालुङमा दुई दिनसम्म सांस्कृतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
गुठीले इन्द्रजात्रालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई पालुङको इतिहास, संस्कृति, सम्पदा र पहिचानलाई नयाँ पुस्तासँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि सबैको साथ र सहभागिता आवश्यक रहेको भन्दै आयोजक पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीले इन्द्रजात्रामा सम्पूर्ण महानुभावलाई उपस्थित भई जात्राको गरिमा बढाइदिन हार्दिक आमन्त्रण गरेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...