Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

काठमाण्डौमा बर्ड फ्लू : सम्भावित क्षेत्रमा उच्च निगरानी, राम्रोसँग पकाएर मासु खान डाक्टरको सल्लाह

bird_flu_2WSFszIsd1-1612075634.jpg

नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

शुक्रबार बेलुका पहिचान भयो, शनिबार त्यो क्षेत्र नियन्त्रणमा लिएका छौं,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने । पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन उक्त ठाउँका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले बताए । उक्त क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको ढकालले जानकारी दिए । संक्रमण अन्यत्र फैलिन नदिन तथा नियन्त्रण गर्न संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको विभागले जनाएको छ ।

सबै निकायलाई सतर्क अवस्थामा राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । ‘भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ,’ उनले भने । नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा, अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिइएको उनले बताए । विभागअन्तर्गत ८ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । ती सबैलाई सतर्क रहन निर्देशन दिइएको छ ।

बर्डफ्लु मुख्यतः चिसोमा बढी फैलिन्छ । चराहरूले बसाइँसराइका क्रममा बर्डफ्लु सार्ने गरेको व्यवसायीहरू बताउँछन् । ‘बर्डफ्लु पन्छी जातमा देखिन्छ । मुख्यतः चराबाट सर्छ । चिसोबाट बच्न चराहरू साइबेरियाबाट भारतमा आए, भारतबाट नेपालमा आउँछन्,’ दाना उद्योग संघका अध्यक्षका रविन पुरीले भने, ‘बर्डफ्लु देखिएको ठाउँमा सिल गरेर संक्रमित पन्छी गाड्नुपर्‍यो, अन्य ठाउँमा सतर्क हुन जरुरी छ ।’

विभागका अनुसार दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले पनि उच्च जोखिम देखिएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले सबै सचेत हुनैपर्ने बताए । ‘त्यति आत्तिनुपर्ने अवस्था भइसकेको छैन, सबै क्षेत्र सचेत हुनुपर्छ,’ उनले भने, ‘भयावह नहोस् भनेर अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर संक्रमणको जोखिम देखिएका पन्छी नष्ट गरिएको छ । पुष्टि भएको ठाउँमा सबै नष्ट गरिने भएकाले फैलिने सम्भावना कम हुन्छ ।’

अध्यक्ष बीसीका अनुसार बर्डफ्लु निमोनियाररुघाखोकी जस्तै भएकाले चिसोमा बढी असर गर्छ । यसका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए । भारतमा मुख्यतः मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि जोखिम उच्च भएको हो । भारतसँग धेरै ठाउँ सीमा खुला छ । पन्छी र पन्छीजन्य वस्तु भारतबाट तस्करी गर्दै नेपाल भित्र्याइने गरेको छ ।

बर्डफ्लुको जोखिम रोक्न व्यवसायीकै पहलमा तस्करी गर्ने गिरोहहरू विभिन्न समयमा पक्राउसमेत परेका छन् । उनीहरूले मंसिर र पुस महिनामा मात्रै करिब १० गाडी कुखुरा समातेर नष्ट गरेका थिए । कुखुरासँगै चल्ला पनि तस्करी हुन्छ । जसले गर्दा नेपालमा सीमावर्ती क्षेत्र हुँदै जोखिम उच्च भएको हो ।

जानकारहरूका अनुसार व्यवसायीकै मिलेमतोमा भारतबाट लुकीछिपी भित्र्याइन्छ । पोल्ट्री सप्लायर्सले भेटेरिनरी चिकित्सकलाई पनि मिलाएका हुन्छन् । पशुपन्छी जाँचकीहरू भन्सारमा बस्दैनन् । त्यसको फाइदा उठाउँदै तस्करले भित्र्याउने गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बर्डफ्लु अन्य संक्रामक रोग जस्तै भाइरसको माध्यमबाट सर्छ । ‘रुघाखोकी जस्तै हो । रोग लागेर मरेको कुखुरा खाँदा मान्छेको स्वास्थ्यलाई असर गर्छ नै,’ उनले भने, ‘यद्यपि सरसफाइमा विशेष ध्यान दिई राम्रोसँग पकाएर खाँदा भाइरस सर्ने सम्भावना कम हुन्छ । खाने मासु काँचो हुनुभएन । पकाएको मासुसँगै काँचो राख्न पनि भएन ।’

बर्डफ्लु नेपालमा प्रवेश गरिसकेकाले विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नरगराउन आग्रह गरेको छ । यस्तै, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नरगराउन, नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको सूचना अधिकारी ढकालले बताए ।


 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg