Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

काठमाडौंंमा मकवानपुरेको बनभोज कार्यक्रम सम्पन्न

FB_IMG_1676136754595-1676136784.jpg

मकवानपुरे समाज, काठमाण्डौ द्वारा आयोजना गरिएको" वृहत वनभोज कार्यक्रम २०७९"को रुवी रेड रिसोर्ट प्रा.लि. टौडह, काठमाण्डौमा सव्य र भव्य रुपमा समापन भएको छ।
 असहायहरुको स्वास्थ्य र शिक्षाका लागि सहयोगार्थ तथा मकवानपुरेहरु वीच भाईचारा अभिवृद्धिका लागि बृहत बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । 

काठमाण्डौ उपत्यकामा विभिन्न पेशा व्यवसाय, अध्ययन तथा आ आफ्ना उद्देश्य प्राप्तिका लागि बसोबास गरिरहेका मकवानपुरेहरुलाई एकिकृत गर्दै भाईचारामा अभिवृद्धि श्रृजना गरि आफ्नो भुगोलमा केही सामाजिक उत्तरदायित्व पुरा गर्ने हेतुले संगठित भएको समाजले आयोजना गरिएको वृहत वनभोज कार्यक्रम समाजका अध्यक्ष अरुण कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि माननिय उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपक बहादुुर सिंह, विशेष अतिथि मकवानपुर २ का सांसद महेश वर्तौला, वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य राम नारायण विडारी, निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने, वरिष्ठ चार्टर एकाउन्टेट तथा पालुङ बहुउद्देश्यीय  सहकारी संस्था लि.का अध्यक्ष उमेश ढकाल, वरिष्ठ कलाकार शिवहरी पौडेल लगायतका मकवानपुरेहरुको उल्लेख्य उपस्थिती रहेको थियो। 

कार्यक्रममा अध्यक्ष गुरुङले सम्पुर्ण मकवानपुरेलाई वृहत वनभोज कार्यक्रममा स्वागत गर्दै समाजको बारे जानकारी दिनुभयको थियो भने प्रमुख अतिथि माननिय उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपक बहादुुर सिंहले वनभोज कार्यक्रम तथा समाजको हरेक कार्यक्रमको सफलताको कामना गर्नुहुँदै, वृहत वनभोज आयोजना गरि मकवानपुरेलाई वृहत रुपमा एकिकृत तथा भेला गरेकामा धन्यवाद ज्ञापन गर्दै ,भावी दिनमा समाजको हरेक क्रियाकलाप तथा कार्यक्रमहरुमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

 उत्कृष्ट र वृहत भेलाले मकवानपुरेहरु वीच सहकार्य र भातृत्व विकास गर्दै सामाजिक कार्यमा समेत लागिपरेकोमा आयोजकलाई धन्यवाद दिंदै विशेष अतिथि माननिय महेश वर्तौलाले सदैव मकवानपुरेको हितको लागि आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

वनभोज कार्यक्रमको अवसर पारेर मकवानपुरे समाजको मानार्थ सदस्यता र आजीवन सदस्यता वितरण गरियको थियो।
 समाजलाई आर्थिक सहयोग गर्ने संघसंस्था तथा ब्यक्तिहरुलाई सम्मान गरियको कार्यक्रममा समाजको कार्यक्रम  सफल बनाउनका लागि आर्थिक सहयोग गर्नुहुने रुवी रेड रिसोर्ट प्रा.लि., एरो फर्मासेटिकल्स प्रा.लि.सुट ल्याण्ड प्रा.लि.सिद्धान्त गुरुङ,पुर्णबाबु श्रेष्ठ तथा पुजा श्रेष्ठ, हरि शंकर शाह, मनोज श्रेष्ठ भडेल, नारायण खाती, राजेश कार्की लगायतलाई सम्मान गरिएको थियो । 

वृहत वनभोज कार्यक्रममा मनोरञ्जनका लागि सांगितिक प्रस्तुती तथा मनोरञ्जनात्मक खेलको व्यवस्था गरिएको थियो । मकवानपुरे वरिष्ठ कलाकार शिवहरी पौडेल द्वारा उपस्थित मकवानपुरेहरुलाई मनोरञ्जनात्मक प्रस्तुति दिए भने मकवानपुरे गायक गायिकाहरु द्वारा कार्यक्रममा उपस्थित संगित प्रेमीहरुलाई सांगितिक प्रस्तुती द्वारा मनोरञ्जन दियका थिए। 
 मनोञ्जनात्मक खेलहरुमा वालवालिका, महिला तथा पुरुषको विभिन्न समुहहरुमा म्युजिकल चेयर, टग अफ वार, वि·ो र घैंटो फुटाउने खेलहरुको आयोजना पनि गरिएको थियो भने विजेताहरुलाई पुरस्कृत पनि गरिएको थियो । यसै कार्यक्रमको अवसरमा सुट ल्याण्ड प्रा.लि.द्वारा नेपालमै निर्मित सुट र कोटहरुको विक्रि स्टल पनि राखिएको थियो र समाजको उद्देश्य  पुरा गर्नका लागि विक्री भएको सुट र कोटहरुबाट  संस्थालाई आर्थिक सहयोग पनि प्रदान गरिएको  थियो ।

उल्लेख्य मकवानपुरेहरुको उपस्थिती रहेको वृहत वनभोज कार्यक्रम, समग्रमा सफलरुपमा समापन भएको र आफ्नो निर्धारित उद्देश्य अनुरुप नै आगामी कार्यक्रमहरु पुरा गर्दै अगाडी बढ्ने  वृहत वनभोज  कार्यक्रमका संयोजक विजय विक्रम श्रेष्ठले बताउनुभयो साथै संयोजक श्रेष्ठले उपस्थित मकवानपुरेहरुलाई साथ र सहयोगको लागि हार्दिक आभार पनि व्यक्त गरे।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

FB_IMG_1676136715241-1676136786.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg