Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

काङ्ग्रेस केन्द्रीय सदस्य उपाध्यायद्वारा स्वास्थ्य सामग्री वितरण

dina-1623116370.jpg

दोस्रो चरणको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको अवस्थामा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले जिल्लाको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छिन । जिल्लाको बागमती गाउँपालिका, हेटौंडाको १८ र ७ नम्बर वडासहित विभिन्न स्थानमा मास्क, स्यानिटाइजर, अक्सिमिटरलगायतका सामग्री वितरण गरेकी हुन् । गाउँपालिका सभापति, वडा सभापति तथा स्थानीय स्वास्थ्य चौकी र प्रहरी चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको हो । कोरोनाको महामारीबाट जोगाउन संस्थागत रुपमा पार्टीको पालिकास्तरमा सहयोग गर्ने क्रममा स्वास्थ्य संस्था र प्रहरी चौकीमा पनि सहयोग गरिएको हो ।

सहयोग सामग्री हस्तान्तरण गर्दै काङ्ग्रेस केन्द्रीय सदस्य डीनाले जनता कोरोनाको कारण मरिरहँदा सरकार सन्चालन गरिरहेको कम्युनिस्ट पार्टी भने भ्रष्टाचार र सत्ताको चलखेलमा व्यस्त रहेको धारणा राखिन । कम्युनिस्ट सरकारले जनताको हितमा कहिल्यै काम नगरेको र फोस्रा आस्वासन र नारा मात्र बाँड्ने गरेको उनको आरोप थियो । केन्द्रिय सदस्य डीनाले बागमती गाउँपालिका सभापति तथा वडा सभापतिहरुलाई स्वास्थ्य सामग्री वितरण गरेकी हुन् । कार्यक्रममा इकाई सभापति र निर्वाचित जनप्रतिनिधिहरु सहित बागमती १ का सभापति ठगेन्द्र वाइवा, २ का सभापति जगतबहादुर भोम्जन, तमु फार्मेसी हेटौंडाका सन्चालक सुधिर दाहाल, काठमाडौ मकवानपुर सम्पर्क समितिका तेजप्रसाद घिमिरे, यातायात व्यवसायी संघ केन्द्रीय सदस्य अर्जुन गौतम, पूर्व महाधिवेशन प्रतिनिधि होमनाथ गौतम, काङ्ग्रेस पूर्व जिल्ला सदस्य लक्ष्मण सुवेदी, तरुण दल क्षेत्रीय सभापति सन्जय श्रेष्ठ, महिला संघ जिल्ला सभापति लक्ष्मी श्रेष्ठ, काङ्ग्रेस जिल्ला सदस्य अमृता थापा मगर, पूर्व जिल्ला सचिव एवम् महासमिति सदस्य सदस्य दिनेश उपाध्यायलगायतको आतिथ्यता रहेको थियो ।

बागमती गाउँपालिकामा पालिका सभापति भक्तबहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको हो । आवश्यकता अनुसार अन्य गाउँपालिकामा पनि स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण कार्यक्रमलाई निरंतरता दिदै जाने काङ्ग्रेस केन्द्रीय सदस्य डीनाले प्रतिबद्धता जनाएका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg