Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

करको दायरा बढाउन हेटौंडाको वडामा दर्ता शिविर

Byabasaya-darta-shibir-Ne-1698672744.jpg

हेटौँडा उपमहानगरपालिका आन्तरिक स्रोत बढाउनेक्रममा करको दायरा बढाउनेतर्फ लागेको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसाय सञ्चालन गर्दैआएका तर करको दायरा बाहिर रहेका व्यवसायीलाई लक्षितगरी उपमहानगरपालिका कार्यालयले व्यवसाय दर्ता शिविर सुरु गरेको हो ।

हेटौँडा उपमहानगरको मुख्यबजार क्षेत्रभन्दा बाहिरका वडामा बिनादर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई लक्षितगरी सोमबारबाट उपमहानगरका वडामा व्यवसाय दर्ता शिविर सुरु गरेको हो । हेटौँडा उपमहानगरपालिका –१९ बाट सुरु भएको शिविर सबै वडामा सञ्चालन गरिनेभएको छ ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले उपमहानगरको राजश्व परामर्श समितिले बजार अनुगमका क्रममा वडाका दर्ताबिना नै व्यवसाय सञ्चालन गरी राजस्वको दायरा बाहिर रहेको पाइएपछि व्यवासय दर्ता शिविर सञ्चालन गर्न सुरु गरिएको जानकारी दिनुभयो । 

उहाँले आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरे पनि उपमहानगरमा सूचीकृत नभएका व्यवसायीलाई दर्ताका लागि पछिल्लो तीन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुविधा उपमहानगरले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब व्यवसाय दर्ताको समय जति भए पनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउने व्यवस्था गरिएको सुविधा उपमहानगरले दिएको हो ।’

हेटौँडा उपमहानगरपालिका १९ को वडा कार्यालयमा व्यवसाय दर्ता शिविरको शुभारम्भ गर्दै हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा व्यवसाय वैधानिक ढङ्गबाट सञ्चालन गर्न आग्रह गर्दै व्यापार गर्ने तर दर्ता नगरी करको दायरामा नआउँदा समस्या आउनसक्ने बताउनुभयो ।

शिविरमा नौ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । १५ वटा व्यवसाय दर्ताको प्रक्रियामा रहेको वडाध्यक्ष नरनाथ सुवेदीले जानकारी दिनुभयो । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg