Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

करको दर पुनर्बिचार गर्न हेटौंडा उपमहानगरलाई सहकारी सञ्जालको अनुरोध 

1723046005137-1723046165.jpg

मकवानपुर, २३ साउन/हेटौंडा उपमहानगरपालिकाले सहकारी संघसंस्थाहरुको लागि गत नगरसभाबाट पारित सहकारी संघ संस्थाले तिर्ने ब्यवशाय करको दर अब्यवहारिक रुपमा बृद्धि गरेकोमा सोको पुनर्बिचारको लागि हेटौंडा उपमहानगरलाई सहकारी सञ्जाल मकवानपुरले नगरप्रमुख र उपप्रमुखलाई ध्यनाकर्षण गराएको छ ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले सो कर सहकारी संघ संस्थाको हितमा नभएकोले पुनः बिचार गर्नको लागि ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

सोही अनुसार सहकारी सञ्जाल मकवानपुरले बुधबार हेटौडा उपमहानगरपालिकाको कार्यालयमा बुझाएको ध्यानकर्षण पत्रमा “सहकारी क्षेत्रको आर्थिक अवस्था जटिल भईरहेको समयमा सरोकारवालाहरुसंग बिना परामर्श एकपक्षिय रुपमा अबैज्ञानिक र अब्यवहारिक रुपमा बृद्धि भएको ब्यवसाय करलाई ब्यवहारिक र एकरुपता कायम गर्नका लागि अविलम्ब करको दर पुर्नबिचार गर्न अनुरोध गर्दछौ ।” उल्लेख गरिएको छ ।


गत नगरसभाले हेटौडा उपमहानगरपालिकामा रहेका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई बार्षिक १२ हजार रुपैंया, बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई ८ हजार रुपैंया, अन्य सहकारी संघ संस्थाहरुलाई ५ हजार, दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई १ हजार पाँच सय रुपैंया ब्यवशाय कर निर्धारण गरेको थियो ।

अघिल्लो बर्ष उपमहानगरपालिकाले सबै बिषयका सहकारी संघ संस्थाका लागि समान २ हजार ५ सय रुपैंया ब्यवशाय कर लिने गरेको थियो ।

सहकारी सञ्जाल मकवानपुरले दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई उपमहानगरपालिकाले गत बर्षभन्दा ब्यवशाय कर घटाएकोमा धन्यवाद दिँदै बाँकी संघ संस्थाहरुको हकमा बृद्धि गरिएको करको दरलाई घटाई दुग्ध उत्पादक र कृषि सहकारी संघकै समान दर कायम गर्न अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मिना कुमारी लामाले करको दरलाई अर्को नगरसभाबाट परिमार्जन गर्ने बताईन् ।

त्यस्तै उपप्रमुख राजेश बानिँयाले सहकारी संघ संस्थाको ब्यवशाय कर निर्धारणको सन्दर्भमा सहकारी सञ्जालको सुझावलाई आत्मसाथ गरि अगाडि बढ्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा मकवानपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुद्देश्यिय सहकारी संघ लि.का अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष हरिप्रसाद कडेल, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरकी उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैकं लि., बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन, फिल्ड कार्यालय हेटौडाका ईञ्चार्ज बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg