Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कफीका फाइदा क्यान्सरको जोखिम कम, तौल घटाउन पनि प्रभावकारी

coffee-1611907144.jpg

कफीले क्यान्सरको जोखिम कम गर्नेदेखि तौल घटाउनसम्म प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकहरूले गरेको अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार दिनमा पाँच कप कफी पिउँदा यसले क्यान्सरको जोखिम १२ प्रतिशतसम्म कम गर्छ ।

कफीको विषयमा अध्ययन गरेकी अमेरिकाको नेशनल क्यान्सर स्कूलकी अनुसन्धाता एरिका लफ्टफिल्डका अनुसार यदि २४  घण्टामा ४ देखि ५ कप अर्थात् ४ सय मिलिग्राम कफी पिउने हो भने यसले शरीरमा धेरै फाइदा पुर्याउँछ ।

अनुसन्धाताले अमेरिका, युरोप र जापानका विभिन्न स्थानमा १६ शोध गरेका छन् । यसमा १० लाख व्यक्तिलाई समावेश गरिएको थियो, जसमा ५७ हजार यस्ता मानिसहरु थिए जो क्यान्सरबाट ग्रस्त थिए । अनुसन्धानकर्ताले बढी कफी पिउनेहरुको कम कफी पिउनेहरुसँग तुलना गर्न धेरै कफी पिउनेहरुमा क्यान्सरको खतरा १२ प्रतिशतसम्म कम भएको पाएका हुन् । साथै कफी धेरै पिउनेहरूको २० प्रतिशत तौल पनि कम भएको पाइएको छ ।

दिनमा ५ कपभन्दा बढी कफी पिउनुका ५ फाइदा 

– प्रोस्टेट क्यान्सरको जोखिम ९ प्रतिशतसम्म कम हुन्छ

– एड्भान्स क्यान्सरको जोखिम १२ प्रतिशत कम हुन्छ

– अन्य घातक रोगको जोखिम १६ प्रतिशतसम्म कम हुन्छ

– तौल कम गर्न २० प्रतिशतसम्म प्रभावकारी

– कफीले कोलेस्ट्रोल पनि कम गर्छ

४ देखि ५ कप कफी पिउनुका फाइदा 

– टाइप वान डायबिटिजको खतरा कम हुन्छ

– शरीरमा पोलिफेनल बढी बन्छ

– रोग प्रतिरोधी क्षमता बढ्छ

– कलेजो स्वस्थ रहन्छ

दिनमा एक कप कफी पिउनुका चार फाइदा

– शरीरमा ग्लूकोजको मात्रा बढ्छ

– मुटुरोगको खतरा कम हुन्छ

– डिएनए बलियो हुन्छ

– स्ट्रोकको खतरा कम हुन्छ

कुन कफी कति फाइदाजनक रु

अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटमा सिनियर रिसर्चर नियल फ्रिडम्यानका अनुसार कफि बनाउने तरिकाले पनि फाइदारबेफाइदा निर्धारण गर्छ । यद्यपी कति फरक पार्छ भन्नेबारे अनुसन्धान जारी छ ।

फ्रिडम्यान उदाहरण दिँदै बताउँछन् कि धेरैजसो मानिसहरु कफी बिन्सलाई भुटेर कफी बनाउँछन् जसले कफीबाट क्लोरोजेनिक एसिडको मात्रा कम गर्ने गर्छ । एस्प्रेसो कफीमा पानीको मात्रा निकै कम प्रयोग गरिएको हुन्छ जसका कारण त्यसमा कफीको कम्पाउन्डको मात्रा निकै बढी हुन्छ । छिटो बनाएर खाँदा पनि एसिड बनाउँछ । अध्ययनमा संलग्न एक प्रोफेसरका अनुसार कफि विभिन्न तरिकाबाट कफी बनाएर पिउँदा कोलेस्ट्रोलको मात्रा तल(माथि हुन सक्छ । 

गर्भवती महिलाका लागि उचित छैन कफी 

अमेरिकी स्वास्थ्य संस्थाले कफीको हानीबारे पनि अध्ययन गरिरहेको छ । अहिलेसम्म यसको हानीबारे जे जति कुरा आएका छन्, ती सबै अनुमानको भरमा गरिएका हुन् । धेरै कफी पिउँदा स्वास्थ्यमा कस्ता हानी हुन्छन्, यसबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी छैन ।

महिला जो आमा बन्न लागेका छन्, उनीहरुका लागि कफी हानिकारक सक्ने थुप्रै अध्ययनले पुष्टि गरिसकेको छ । कफीको प्रयोगले शरीरमा क्याफिनको मात्रा बढ्ने गर्छ जुन गर्भमा भएको बच्चाका लागि उचित मानिँदैन ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg