himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऐन,नियम र उद्देश्य विपरित चलेका सहकारीलाई कारबाहीको दायरामा लेराउछौं:-नगर प्रमुख बिष्ट

FB_IMG_1733814472930-1733814492.jpg

सहकारी डुवाउनुमा पोलिसिमेकर कै हात रहेको वर्तमानले देखाएको बताउदै सहकारी लाई नगरबाट नियमन र अनुगमनमा कडा रुपमा प्रस्तुत हुने थाहा नगर प्रमुख बिष्णु बिष्टले बताउनुभएको छ। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सहकारी संस्था सवलीकरणका लागि स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नगर प्रमुख बिष्टले उक्त भनाइ राखेका हुन वहाले थाहा भित्र रहेका सहकारीले एन नियम र उद्देश्य भन्दा बाहिर गएर काम गर्ने सहकारीलाई नियमनको दायरामा लेराएर कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्टले संस्थापक अध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको कार्यपत्रले सहकारी अभियानको केही कुराहरु प्रष्ट पारेको बताउदै,यस्ता खाले संवाद,छलफल फेरीपनी गरिरहे निचोडमा पुगिन सक्ने औल्याउँदै देशभरको सहकारीको स्थिति हेर्दा थाहामा भने सन्तोषजनक रहेको उल्लेख गरे।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सहकारी संस्था सवलीकरणका लागि स्थानिय सरकारको भुमिका बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ।
बहुउद्देश्यीयको सभा हलमा आज आयोजित कार्यक्रममा स्थानिय सरकारका जनप्रतिनिधि र नगरपालिका भित्र संचालनमा रहेको सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
छलफल कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगलीले सहकारी संस्था सवलीकरणको लागि स्थानीय सरकारको भुमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
ढकालले प्रस्तुत गरेको कार्यपत्रमा आफ्नो धारणा राख्दै हिमशिखर सहकारी डाडाबासका सुजिन्द्र गोलेले स्थानीय सरकारले थाहाको ग्रामिण भेगमा संचालित सहकारी हरुलाइ हेर्ने दृस्ठिकोणमा परिवर्तन हुनुपर्ने बताए।

तेसैगरी थाहा नगरका उपप्रमुख भरत गोपालीले सहकारी हरुको समस्या पहिचानको लागि बृहत छलफलको आवश्यकता रहेको औल्याउँदै,रुपचन्द्र बिष्टले तत्कालीन समयमा गरेको कामहरु पनि सहकार्यको उदाहरण रहेको बताउदै स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे।

जिल्ला सहकारी संघका संचालक फणीन्द्र सुवेदीले सहकारी लाई राज्यले हेर्ने दृष्टिकोण फरक भएकोले सहकारी मार्फत गरेको क्रियाकलापलाई बिकासको मोडलको रुपमा लिनुपर्ने बताउदै भारतको अमुल ब्राण्ड उदाहरणका रुपमा प्रस्तुत गर्दै सहकारी ऐनलाई परिमार्जित गरेर लानुपर्नेमा जोड दिदै सहकारी अभियानलाई श्रम र उत्पादन संग जोडेर स्थानिय सरकारले योजना बनाउनुपर्ने बताए।

वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले सहकारीहरुले आफ्नो समिक्षा गर्ने कार्य न्यून रहेको औल्याउदै संस्थाहरु सामाजिक उत्तरदायित्व बाट पन्छिएको बताउदै आर्थिक अनुशासन र बित्तीय साक्षरता आम सदस्य हरुमाझ पुर्याउन आवश्यक रहेको बताउदै सहकारीमा कामगर्ने कर्मचारी हरुको न्युनतम ज्यालामा एकरुपता हुनुपर्नेमा जोड दिए।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले थाहामा रहेका विभिन्न सहकारीहरुले  बिबिध कार्यक्रम हरु गरिरहदा सहकारी शिक्षा दिनमा भने कन्जुस्याइँ गरिरहेको बताउदै जवसम्म सदस्यहरुलाई जागरुप गराउन सकिँदैन तवसम्म सहकारी संस्था माथी उठ्न नसक्ने बताउदै थाहा नगरपालिकाले सहकारीका प्रमुखहरुलाइ विभिन्न तालिम दिएको स्मरण गराउदै थाहा नगरपालिका सहकारी शाखा सहकारीहरु संग समन्वय गरेर रणनीतिक योजना बनाएर लाने बताउनुभयो।

तेसैगरी वडा न ९ का अध्यक्ष राजकुमार बलामीले सहकारी संस्थाहरु लाई बाइपास गरेर थाहा नगरपालिकाको आर्थिक समृद्धि अगाडि नबढ्ने बताए।

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकुमार खत्रीले सहकारीको बिना धितोको  ऋण उठाउन समस्या रहेको बताउदै स्थानीय सरकारले खराब ऋण उठाउन सहयोग गर्नुपर्ने बताए।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख भरत गोपालीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,३ का हिरेन्द्र कुमार रायमाझी,४ का नारायण लामा,७ का शिवराज थिङ,८ का हेम लामा,९ का राजकुमार बलामी,थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरे,विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु पालुङ बहुउद्देश्यीय सहकारीका लेखा समिती संयोजक कालिचरण बस्नेत,संचालक समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष अरुण रायमाझीले संचालन गरेका थिए।

FB_IMG_1733814449475-1733814492.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg