Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको छ:-उपप्रमुख गोपाली

kabhar-1699966893.jpg

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ ।
नेपाल सम्बत ११४४ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा थाहा नगरपालिकाको पालुङ बाट  निकालिएको र्यालीपछि गोपाली गाउँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र होइन अन्तराष्ट्रिय सम्बतको मान्यता पाउने विश्वास लिएको धारणा राख्नुभयो ।
उपप्रमुख गोपालीले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम  हुने चाहना व्यक्त गरे।
र्याली सुरुवात अगाडी उपप्रमुख भरत गोपालीले सदाझै पालुङको लाम्पाटी अगाडि रहेको राष्ट्रिय झण्डालाई झण्डोतलन गरि सुरुवात गरेका थिए।
कार्यक्रममा सहभागी जातीय भेषभुषामा सजिएका नेवार समुदाय र गैर नेवार समुदायका मासिनहरुबीच भेटघाट, शुभकामना आदान–प्रदान र नेवारी परिकारका खानेकुरा खुवाइएको पालुङ भिन्तुना समितीका संयोजक बिजय बिक्रम श्रेष्ठले बताए।
 भिन्तुना आयोजक समिती गोपाली गाउँका अध्यक्ष विकेश गोपालीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी थाहा नगर उपप्रमुख भरत गोपाली सहित पालुङ भिन्तुना संयोजक बिजय बिक्रम श्रेष्ठ ,ल्याम्ह पुच ओखरबजार अध्यक्ष सुविन्द्रमान प्रधान गोजिरियो कराते प्रशिक्षक मानसिंह दोङ ,ओखरबजार हितकारी समूह अध्यक्ष संजय प्रधान
गोपालि गाउँका कजि जगत बहादुर गोपाली,बुद्ध गोपाली,खिँ गुरु सुरज गोपाली,ओखरबजारका खिँ गुरु धर्मलाल प्रधान लगाएतका उपस्तिथि रहेको थियो।
नेपाल सम्बत ११४४ को अवसरमा बज्रबाराहिमा पनि शुभकामना र्याली निकाली शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो।
बज्रबाराहीमा आयोजित कार्यक्रममा पनि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहभागिता जनाएका थिए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg