Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

एसईई दिएर बसेका विद्यार्थीहरुलाई थाहा नगरपालिका द्वारा करियर काउन्सिलिङ

FB_IMG_1743331812847-1743331827.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले ‘करियर काउन्सिलिङ’ गरेको छ ।
थाहा नगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखा द्वारा आयोजित नगरपालिका भित्रका एस ई ई दिएर बसेका बिद्यार्थी र शिक्षकलाई दिएको करियर काउन्सिलिङ कार्यक्रम १७ चैतमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले  विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरे। प्रधानले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छाअनुसारको विषय छनोट गर्न आग्रह गरेका थिए।
कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा संयोजक राजनभक्त श्रेष्ठले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बिचार राख्दै विद्यार्थीका लागि अभिभावकको भूमिका अतुलनीय हुने कुरामा जोड दिए। 
 कार्यक्रममा एस ई ई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर विश्व रमण न्यौपानेले सहभागीहरूलाई जीवन उपयोगी शिक्षा, आगामी दिनको तयारी र परीक्षा नतिजालाई कसरी लिने भन्ने विषयमा व्यावहारिक तालिम प्रदान गरेका थिए।पालुङ जेसीजको सभाहलमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने आशा लिएको महिला,बालबालिका शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो।
महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा समिती संयोजक राजनभक्त श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो।
 कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की,प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्की  लगायत शिक्षक,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg