Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

एसइईमा जन्ममिति छेकबारले विद्यार्थी तनावमा

FB_IMG_1748655510553-1748655533.jpg

काठमाडौँ, जेठ १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन तोकिएको उमेरको सीमासम्बन्धमा चार वर्षअघि हटाइएको प्रावधान फेरि लागु गरिएपछि विद्यार्थी तनावमा परेका छन् शिक्षा नियमावलीको दफा ७८ को उपदफा ६ मा १४ वर्ष पूरा नभएका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश नगरिने उल्लेख छ । तर माध्यमिक शिक्षा कक्षा १२ सम्म भएको भन्दै २०७८ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा सहभागी हुने उमेरको सीमा हटाएको थियो । त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी हुनाका लागि मात्रै १४ वर्ष पूरा भएको भए पुग्ने तर एसइईमा जति वर्षका विद्यार्थी पनि सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । 

यद्यपि शिक्षा नियमावलीमा भएको व्यवस्थालाई मन्त्रीस्तरीय निर्णयबाट हटाउन निर्देशन दिएको भन्दै त्यतिबेला पनि चर्चा भएको थियो । तर अहिले मन्त्रालयले फेरि शिक्षा नियमावली अनुसार १४ बर्से प्रावधान एसइईमै लागु गर्न भन्दै बोर्डलाई निर्देशन दिएको छ ।  व्यवस्था कार्यान्वयन भएको अवस्थामा अब (२०८२ सालमा) सञ्चालन हुने एसइईमा सहभागी हुने विद्यार्थीको उमेर २०८२ चैत मसान्तसम्ममा १४ वर्ष पूरा हुनैपर्छ । अर्थात् २०६८ साल चैत मसान्तभित्र जन्मेका विद्यार्थी मात्रै अबको एसइईमा सहभागी हुन पाउने छन् । 

बोर्डले अहिले कक्षा १० को रजिस्ट्रेसन फाराम भराइरहेको छ । फाराम भर्ने समय जेठ मसान्तसम्म तोकिएको छ । तर फाराम भर्नेक्रममा थुप्रै विद्यार्थीले यो उमेर पार नगरेको देखिएको छ । उमेरको समस्या देखाउँदै हिजोआज बोर्डमा विद्यालय, विद्यार्थी तथा अभिभावकबाट दैनिक गुनासो आउने गरेको छ । 

बोर्डका अनुसार रजिस्ट्रेसन फाराम भरेका केही विद्यार्थीको उमेर १४ वर्ष पूरा हुन तोकिएको मितिभन्दा दुई/चार दिन मात्रै कम देखिएको छ । केही विद्यार्थीको उमेर भने एसइईमा सहभागी हुने समयमा १२ वर्ष मात्रै पूरा हुने देखिएको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईले बताउनुभयो । 

“दुई/चार दिन उमेर नमिल्नु स्वाभाविक हो । तर, विद्यार्थी १० कक्षामा पुग्दासमेत उमेर १२ वर्ष मात्रै देखिएको छ । यो अवस्थालाई कसरी स्वाभाविक मान्ने ?,” भट्टराईले भन्नुभयो, “पक्कै पनि अभिभावकले बच्चाको जन्ममिति बिगारेर भर्ना हुने समयमा घटाएको हुनु पर्छ । वा कक्षा जम्प गराएर पढाएको हुनु पर्छ । यो अवस्थालाई कानुनले मान्दैन ।” तर २०७८ सालमा शिक्षा मन्त्रालयले एसइईमा सहभागी हुन १४ वर्ष उमेर पूरा भएकै हुनुपर्ने प्रावधान हटाएपछि कतिपय अभिभावक आफैँले विद्यार्थीको जन्ममिति सच्याएर वा कक्षा जम्प गराएर कलिलै उमेरमा माथिल्लो कक्षामा पठाउने गरेका थिए । अहिले फेरि मन्त्रालयले पुरानै व्यवस्था कार्यान्वयन गर्न बोर्डलाई निर्देशन दिएपछि समस्या आएको हो । 

तर मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षा नियमावलीको प्रावधानलाई मन्त्रीस्तरीय निर्णय गरेर २०७८ सालमा हटाउनु नै गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न मात्रै भनिएको हो । यसमा कुनै समस्या आयो भने सहजीकरण गर्न बोर्डलाई भनिएको छ ।”

के गर्ने त ? 

धेरै विद्यार्थीमा समस्या आएपछि बोर्डले कक्षा १० मा रजिस्ट्रेसन फाराम भर्दा १४ वर्ष नपुगेका विद्यार्थीले आफ्नो जन्ममिति २०६८ चैत मसान्त उल्लेख गरेर भर्न पाउने सुविधा दिएको छ । किनकि संसद्मा रहेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले एक पटकका लागि जन्मदर्ता सच्याउन सकिने व्यवस्था गरेको छ । केही नेपाल ऐन संशोधन विधेयक हाल राष्ट्रिय सभामा छ । तर उक्त व्यवस्था कहिले कार्यान्वयनमा आउँछ भन्ने एकिन छैन । 

उक्त व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले रजिस्ट्रेसन फाराममा लेखे अनुसार जन्ममिति सच्याउन सकिने बोर्डका परीक्षा नियन्त्रक भट्टराईले बताउनुभयो ।   गोरखापत्र बाट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg