pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

एलआईसी पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी

1711980884499-1711981140.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था एल आई सी नेपाल पालुङ शाखाले  स्वर्गीय किसन तामाङको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
थाहा नगरपालिका ३ घर्तीखोला दम्की निवासी किसन तामाङले वि स २०७९  असोजमा एल आई सी नेपालमा दुइ लाखको बीमा गरेकामा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई दावी भुक्तानी गरिएको हो । सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिका ३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझी र शाखा प्रमुख विकल्प बजगाँईले २ लाख २२ हजार  रुपैंयाको चेक उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

स्वर्गाीय तामाङको बीमा गरेको एक बर्षमा नै कालगतीको कारण २०८० कार्तिक २४ मा निधन भएपछि निजकी श्रीमती माया तामाङलाई विमाङक र एक वर्षको लाभांश सहित प्रदान गरिएको हो । तामाङले पहिलो र दोस्रो किस्ताको २६ हजार १ सय २० रुपियाँ मात्र बुझाएका थिए ।

चेक हस्तान्तरण गर्दै वडाअध्यक्ष रायमाझीले बीमा मानिसका लागि अनिवार्य नै भएकाले आफु हुदाँ आर्र्थिक सुरक्षा र आफु नहुँदा पारिवारिकक सुरक्षा हुने भएकाले आफनो क्षमता अनुसारको बीमा गरि लगानीलाई सुरक्षीत गर्नुपर्नेमा जोड दिएका थिए । बीमाको महत्व र उपयोगिता ग्रामिण तहसम्म बुझाउन नसक्दा परिवारमा पर्ने अकल्पनिय दुर्घटना पछि भोग्नु परेको आर्थिक समस्याको तितो सत्यलाई आत्मसाथ गर्दै बीमालाई आपत विपतको साथी बनाउनु पर्ने सुझाव दिदै उपलब्ध भएको रकमलाई सहि सदुपयोग गरि आफना बाल बालिकाको शिक्षा दिक्षामा प्रयोग गरि सुरक्षीत लगानी गर्न समेत उनले अनुरोध गरे ।

सोही अवसरमा एल आई सी नेपाल पालुङ शाखाका शाखा प्रमुख बिकल्प बजगाँई, एजेन्सी म्यानेजर युगशेर बिष्टले बीमा अनिवार्य बचत, आर्थिक सुरक्षा र पारिवारिक दायित्व प्रति सचेत गराउने योजना भएकाले बीमाको महत्व र उपयोगितालाई सवैले बुझनु पर्नेमा जोड दिएका थिए ।

1711980888494-1711981140.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...