Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

एकै रात थाहा २ मा दुई घरमा आगलागीबाट ७ लाखको क्षति

FB_IMG_1772411598858-1772419037.jpg

मकवानपुर, थाहा नगरपालिका–२ — थाहा नगरपालिका–२ मा फरक–फरक समयमा भएका दुई आगलागी घटनामा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को घटनामा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
पहिलो घटना : दियोबाट सल्किएको आगो
यसैगरी, मिति २०८२ फागुन १७ गते साँझ करिब ९:०० बजे, थाहा नगरपालिका–२ अंगारे निवासी गुप्त कार्कीको नयाँ घरसँगै रहेको जस्तापाता छाइएको पुरानो कच्ची घरमा पूजा गर्ने क्रममा बालिएको दियोबाट आगो सल्किएको थियो।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा १० जना नगर प्रहरी,दमकल  तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट गुप्त कार्कीकी श्रीमती ६१ वर्षीया सान्नानी कार्की धुवाँका कारण निस्सासिएर बिरामी भएकी छन्। उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
उक्त घटनामा घर आंशिक रूपमा जलेको छ भने काठ, अन्नपात तथा कागजातसमेत गरी करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। चौपायातर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

दोस्रो घटना : बिजुली सर्ट भई आगलागी
मिति २०८२ फागुन १७ गते राति करिब १०:३० बजे, थाहा नगरपालिका–२ टाखेल निवासी चन्द्रबहादुर देउलाको नयाँ घरबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको ढुंगा–माटोले बनेको, जस्तापाता छाइएको मानिस नबस्ने पुरानो कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ बाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमाण्डमा १० जनाको नगर प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। 

FB_IMG_1772411575250-1772419037.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg