Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऋषेश्वर सरसफाइ महाअभियान अन्तर्गत शिखर क्लब द्वारा सफाइ

FB_IMG_1754219830687-1754221361.jpg

ॠषेस्वर/छ्युमी झ्याङछुप क्षेत्र बिकास समितिको अह्वानमा  ""ॠषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाइ महाअभियान" संचालन अन्तर्गत आज शिखर क्लबको अगुवाईमा सरसफाई कार्य सम्पन्न भएको छ।

‎ कार्यक्रम साउन महिना भरी प्रत्यक आईतवार र त्यसपछि प्रत्यक शनिबार हुनेछ ।

‎शिखर क्लबको सहकार्यमा आइतबार थाहा नगरअन्तर्गतको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल ऋषेश्वर–छ्युमी झ्याङछुप क्षेत्रमा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्व बोकेको यस क्षेत्रमा स्थानीय सरोकारवाला, युवावर्ग तथा क्लबका सदस्यहरू मिलेर सफाइ कार्यलाई सफल बनाएका हुन्।

‎क्लबका अध्यक्ष विश्व अर्यालको नेतृत्वमा दर्जनौं स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको अभियानले धार्मिक स्थलहरूको सरसफाइ र संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने प्रयास स्वरुप अभियान सुरु गरिएको हो। कार्यक्रममा सहभागीहरूले फोहोरमैला संकलन, झाडी हटाउने तथा वरपरको वातावरण व्यवस्थित बनाउने कार्यमा सक्रिय रुपमा सहभागिता जनाएका थिए।

‎अभियानको मूल उद्देश्य धार्मिक क्षेत्रको संरक्षण, स्वच्छता प्रवर्द्धन तथा वातावरणप्रति जनचेतना फैलाउनु रहेको क्षेत्र बिकास समितिले जनाएको छ। समितिले  भविष्यमा पनि यस्ता सामाजिक, धार्मिक तथा वातावरणीय सरोकारका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

‎सार्वजनिक स्थलको स्वच्छता र संरक्षणमा सामुदायिक सहभागिता अपरिहार्य रहेको भन्दै क्लबले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद प्रकट गरेको छ। ‘सफा, हरियाली र सचेत समुदाय निर्माण’ अभियान अन्तर्गत यस्ता सकारात्मक प्रयासलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघिबढाउने क्लबका अध्यक्ष अर्यालले बताउनु भयो।

FB_IMG_1754219837316-1754221361.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg