Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

ऋषेश्वर वनको नयाँगाउँ माथि भेटियो गणेश ढुङ्गा(फाेटाे फिचरसहित)

ganesh-dhunga-1-1590223429.jpg

थाहा नगरपालिकाको वडा नंं. ३ र ४ मा फैलिएको ऋषेश्वर सामुदायिक वन क्षेत्रको नयाँगाउँ माथि जङ्गलमा गणेश ढुङ्गा भेटिएको छ । नयाँगाउँमाथि कोलकाटे भनिने जङ्गलनजिकै रहेको यो ढुङ्गा पुस्तौंदेखि देखिँदै आएको र स्थानीयले गणेश ढुङ्गा भन्ने गरेको स्थानीयहरु बताउँछन् । पहिलेदेखि नै गणेश ढुङ्गा भन्ने गरिए पनि यसको कतै चर्चा हुने गरेको थिएन । 

हात्तीको टाउकोसहितको सुँडको प्रष्ट आकारमा रहेको यो ढुङ्गालाई स्थानीयले गणेशको रुपमा लिँदै  आएका छन् । थाहा नगरपालिका वडा नं. ४ मा पर्ने गणेश ढुङ्गा पुग्न नयाँगाउँको सुनगाभा होटलमाथिबाट पैदल १० मिनेट जति लाग्छ ।

घाँसदाउरा गर्न जाँदा स्थानीयहरुले यही गणेश ढुङ्गाको आडमा भारी बिसाउने गरेको स्थानीयहरु बताउँछन् । पहिलेपहिले कतिपयले भने भगवान गणेश सम्झेर मंगलबारको दिन पूजासमेत गर्ने गरेका थिए । 

त्रिभुवन राजपथको नयाँगाउँबाट जङ्गल जाने गोरेटो बाटोलाई सुधार गर्ने हो भने गणेश ढुङ्गा सजिलै पुग्न सकिन्छ । त्यसो त गणेश ढुङ्गा हुँदै पत्कर, घाँस र दाउराको भारी बोकेर हिँड्ने बाटो अहिले पनि छ । 

अहिलेसम्म कुनै माध्यमबाट प्रचारमा आउन नसकेको गणेश ढुङ्गाबारे स्थानीयहरुले गाउँमा कुरा गर्न थालेपछि स्थानीय युवा सानोकान्छा घलेको  सहयोगमा थाहापाटीका सम्पादक कुमार नेगी र दामन एफ. एम. का स्टेशन व्यवस्थापक इच्छापूर्ण कार्कीसहितको टोली त्यसतर्फ गएको थियो । 

थाहा नगरपालिकामा हात्तीको प्रसङ्ग जोडिएका थुप्रै किम्बदन्तीहरु छन् । थाहा नगरपालिका ऋषेश्वर सामुदायिक वनभित्रै पर्ने हात्ती गौंडा, हात्ती ढुङ्गा, हात्ती छि¥यो पुच्छर अड्क्यो र थाहा–३ डाँडागाउँ नजिक हात्तीपाइले जस्ता स्थानहरु हात्तीको कथासँग जोडिएका छन् । 

देव–दैत्य युद्धमा देवगणको पराजय भएपछि वेपत्ता भएका इन्द्रलाई खोज्दै इन्द्रायणी ऐरावत हात्तीमा  चढेर आएको र उक्त हात्तीको पाइला परेको स्थानलाई थाहा–३ मा हात्तीपाइले भनेर चिनिन्छ । 

गणेश ढुङ्गादेखि केही माथि एउटा यस्तो छेडा छ, जसलाई स्थानीयहरु हात्ती छि¥यो, पुच्छर अड्क्यो भन्दछन् । सानो छेडा र त्यसमाथि उकालो भएकोले भारी बोकेर झर्दा भारी अड्किने गरेकोले यसलाई हात्ती छि¥यो, पुच्छर अड्क्यो भन्ने उखानसँग जोडेको पनि हुन सक्ने स्थानीय जानकारहरु बताउँछन् ।  

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg