Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियानः दर्जनौ संस्थाको सहभागीता

FB_IMG_1754879168075_1-1754879260.jpg

‎मकवानपुर थहाानगरमा रहेको ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियान साउन महिनाका लागि सकिएको छ । ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र विकास समितिले साउन महिनालाई लक्षित गरी सञ्चालन गरेको महाअभियान सकिएको समितिका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए ।

‎हिन्दु र बौद्ध धर्मावलम्वीहरुको साझा आस्थाको केन्द्र ऋषेश्वरमा साउन महिनाको प्रत्येक सोमबार भक्तजनहरुको भिड लाग्ने गरेको छ । भक्तजनहरुको उपस्थितीलाई ध्यानमा राख्दै क्षेत्र विकास समितिले ११ साउनमा नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा सरसफाई महाअभियान शुभारम्भ गरिएको थियो । सरसफाई महाअभियानमा विभिन्न २२ संस्थाहरुको प्रतिनिधित्वमा १ सय ९० जनाले सहभागी जनाएका छन् ।

‎क्षेत्र विकास समितिले शुरु गरेको यो अभियानका लागि थाहा नगरपालिका, थाहा नगर प्रहरी, इलाका प्रहरी कार्यालय पालुङ, सिमभन्ज्याङ प्रहरी चौकी, एभरेस्ट क्लब दामन, शिखर क्लब शिखरकोट, सिमभन्ज्याङ/दामन/थानाबजार बजार ब्यवस्थापन समिती, ऋृषेश्वर टोल बिकास संस्था थाहा–४, दामन–सिमभन्ज्याङ–नारायणझ्याउ, अघोर–मान्द्रे टोल विकास संस्था भिमफेदी–९, पोखरी संरक्षण समिती, सिमभन्ज्याङ, ऋृषेश्वर सामुदायिक वन उपभोक्ता समूह, अघोर–महाभिर सामुदायिक बन उपभोक्ता समूह, नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा, प्राथमिक स्वास्थ्य केन्द्र, पालङ, भोम्बो संघ मकवानपुर, फरक सोच, पालुङ जेसिस, जनकल्याण प्राबिधिक तथा साधारण मा. बि. , पालुङ क्याम्पस, ऋषेश्वर महिल खैजडी भजन समुह, राष्ट्रिय लोक चुड्का संरक्षण प्रतिष्ठान, थाहनगरलगायतको सहभागिता रहेको क्षेत्र विकास समितिका अध्यक्ष लामाले जानकारी दिए ।

‎ऋषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र सरसफाई महाअभियान अन्तर्गत आउँदो भाद्र महिनाबाट पाक्षिक रुपमा शनिबार सरसफाई कार्यक्रम गर्ने अध्यक्ष लामाले जानकारी दिए । पहिलो चरणको साउन महिनामा सञ्चालन गरिएको महाअभियानमा नैतिक, आर्थिक, भौतिक सहयोग गर्ने सबैप्रति ऋृषेश्वर/छ्युमी झ्याङछुप क्षेत्र बिकास समितिले धन्यवादसहित आभार व्यक्त गरेको छ ।

FB_IMG_1754879168075-1754879260.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg