Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

उत्तरी मकवानपुरको उच्च शिक्षाको शैक्षिक हब “पालुङ बहुमुखी क्याम्पस”

Untitled-1-copy-1612661153.jpg

देशको आर्थिक, सामाजिक तथा भौतिक विकासका लागि आवश्यक विज्ञ तथा उच्च जनशक्तिको विकास तथा उत्पादन गर्न उत्तरी मकवानपुरको उच्च शिक्षा आर्जनको एक मात्र थलो हो पालुङ क्याम्पस । त्रिभुवन विश्वविद्यालय सँग सम्बन्धन प्राप्त गरी वि.सं. २०६० सालदेखि संचालन भईरहेको पालुङ क्याम्पसले आठारौ बसन्त पार गर्दै गर्दा यस क्षेत्रका धेरै विद्यार्थीलाई दक्षता हासिल गराउन सफल भई देशका सक्षम,योग्य र शिक्षित नागरिक उत्पादनको योगदान दिन सफल क्याम्पस मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा सञ्चालित एक मात्र सामुदायिक क्याम्पस हो । 
मकवानपुर बहुमुखी क्याम्पस विस्तारित कार्यक्रम पालुङको नामबाट वि.सं. २०५३ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवं मानविकी संकायको अध्ययन आरम्भ गरे संगै तत्कालीन समयमा उच्च शिक्षाको आलोक यस भेगमा प्रवेशको शुरुवात हो । उच्च शिक्षाको आलोकमा रमाउन आरम्भ गरेको लगभग ७ वर्षपछि स्वायत्त शैक्षिक संस्थाको रुपमा पालुङ बहुमुखी क्याम्पसको जन्म भएको हो ।    वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकाय संचालन गर्न सम्बन्धन प्राप्त यो क्याम्पस २०६५ सालसम्म घट्टेचौरमा संचालन हुँदै आएकोमा त्यसपछि हालको स्थान थाहा नगरपालिका ३ खेल्पुडाँडामा आफ्नै भवनबाट सञ्चालन भइरहेको छ ।


शैक्षिक गुणस्तरको हव :
शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने उदेश्यका साथ पालुङ बहुमुखी क्याम्पस अगाडी बढिरहेको छ ।  नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियानका साथ यस क्याम्पस अघी बढिरहेको छ । आवश्यकता र नयाँ अवधारणाअनुसार अनुसन्धानसहितको अध्ययन उच्च शिक्षाको प्रमुख आधार हो भन्ने मान्यतालाई आत्मासाथ गर्दै पालुङ क्याम्पस उत्तरी मकवानपुरको शैक्षिक हबका रुपमा अगाडी बढिरहेको छ । 
अनुभवको जगमा चुनौतीका सामाना र सकारात्मक प्रयास :
स्थापानको १८औं वर्ष पार गर्दै गर्दा उच्च शिक्षालाई व्यक्तिगत तथा राष्ट्रिय विकास दुवै दृष्टिकोणबाट त्यत्तिकै महत्त्वका साथ हेर्दै यस क्याम्पसले सकारात्मक उपलब्धी, विचार, व्यवहार अनि मातृ संस्था त्रि.वि.तथा मकवानपुर बहुमुखी क्याम्पस एवम् अन्य संघ संस्थाहरुसँगको सु–सम्बन्ध, अध्ययन–अवलोकन, नीति नियमहरुको अध्ययनबाट प्राप्त ज्ञान तथा यसका सहयोगी, हितैषीहरुबाट प्राप्त सल्लाहलाई आत्मसात गरी पूर्वघोषित सुसंकल्पको जगमा अडिएर विश्व महामारी कोभिड–१९ को यो प्रसव कालसमेतलाई अनलाईन क्लास र रेडियो शिक्षा कार्यृक्रम मार्फत आफ्ना शैक्षिक गतिबिधिलाईृ निरन्तर्ता दिएको थियो ।
शैक्षिक संस्थाको कार्यलाई गुणात्मक र परिमाणात्मक रुपमा बढोत्तरी गर्न प्रशासन चुस्त,दुरुस्त हुनु अत्यावश्यक ठानेर किटानीसाथ कक्षा व्यवस्थापन गर्ने, प्राध्यापकलाई प्राध्यापन भार यथासम्भव कम गर्ने, प्राध्यापकलाई यथासम्भव स्तरोन्नति गर्ने, स्वच्छ पिउने पानीको प्रवन्ध गर्ने ,चमेना गृहको ब्यवस्था,सौचालय सर सफाइ, वातावरणको सुधारका कार्यक्रममा, एकाइ, मासिक, चौमासिक, वार्षिक परीक्षामा अनिवार्य सहभागी, आवश्यक्ता अनुसार आंशिक प्राध्यापक थप गर्ने, छात्रवृत्ति अभियानलाई निरन्तरता दिने, समय तालिका÷क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने प्रक्रियामा निरन्तर अघी बढीरहेको छ ।
स्ववियूको सक्रियता र अतिरिक्त क्रियाकलापको आकर्षण :
यस क्याम्पसको विद्यार्थी हकहितका लागि खोलिएको साझा संस्था स्ववियूले ल्याएका विद्यार्थी हकहितका शैक्षिक उन्नयनका विविध कार्यक्रमहरुलाई उचित प्रकृतिले संचालन गरेर संस्थामा गुणात्मक सुधार ल्याउन उच्च प्रयास गरिरहेकै छ । विद्यार्थीहरुलाई औपचारिक ज्ञानको अलावा उनीहरुभित्र निहित प्रतिभा प्रस्फुटन गराएर विश्वमा योगदान दिन सक्ने पूर्ण मानव बनाउन गीत, नृत्य, भलिवलजस्ता बौद्धिक र शारीरिक क्रियाकलाप गराउनु आवश्यक छ । बौद्धिक प्रतियोगिता बुद्धिचाल, शारीरिक क्रियाकलाप भलिवल, बास्केट क्रियाकलाप, टीटी बल प्रतियोगिता, दौड हाजिरीजवाफ, वक्तृता, वादविवाद, गीत–कविता प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गर्ने जस्ता कृयाकलापमा स्ववियूले महत्वपुर्ण भुमिका निवाह गदै आइरहेको छ ।स्ववियुको नेतृत्वमा बार्षिकरुपमा स्थानीय क्षेत्रमा अनुसन्धानमुखी भ्रमण तथा पिकनिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
पुस्तकालाय गुरुको पनि गुरु :
विद्यार्थीलाई पठन पाठनमा सहगोगी बनाउन पुस्तकालयको माध्यमबाट पालुङ क्याम्पसमा सहजता प्रदान गरिएको छ । 
विद्यार्थीले पढ्नु पर्ने वा पढेको पढाइलाई बल पु¥याएर परीक्षामा उच्च तहमा प्रश्न हल गर्न तथा उत्कृष्ट ज्ञान आर्जन गर्ने प्रकृतिको कक्षा विगत धेरै वर्षदेखि संचालन गर्दै आएको छ । पुस्तकालयलाई गुरुको पनि गुरु ठानि विद्यार्थीहरुले चाहेका आवश्यक पुस्तक पढ्न पाउनु नैसर्गिक अधिकारकोे सुनिश्चिता प्रदान गदै आइरहेको छ । 
निरन्तरको सरोकारवालाहरुको चासो र सहयोग बन्यो हौसला :
यी यावत सेवा सुविधा र क्रिर्याकलाप संचालनमा आउदा पनि भौगोलिक विविधता र शैक्षिक जनचेतनाको कमिले विद्यार्थि सख्यामा भने कम रहेपनि स्थानिय तह, प्रादेशिक निकाय र विश्वबिद्याय अनुदान आयोगका महत्वपुर्ण अनुदान र सहयोगमा आजको दिन सम्म सञ्चालनमा रहेको छ । शैक्षिक गुणस्तरमा बृद्धी सगसगै विश्वविद्यालय शिक्षा प्रतिको मोह र लगनशिलताकोे कारण केहि वर्षयता भने बिद्यार्थि सख्यामा उल्लेखनिय बृद्धी भइरहेको छ । विभिन्न दानविर व्याक्ति तथा संघ सस्थाले पनि यस क्याम्पसको शिक्षाको गुणस्तरीय शिक्षा तथा गरिव तथा जेहेन्दार विध्यार्थिहरुलाई विश्वविद्यालय शिक्षामा पहुच पुगोस भन्ने अभिप्रायका साथ छात्रबृति वितरण गर्न थालेको कारण अझ बढी विद्यार्थीमा हौसला बढेको छ। त्यसैले कामना गरौँ, आगामी दिनमा विश्व विध्यालय शिक्षा अन्तरगत यस क्याम्पसले  समाजको बहुपयोगी कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने छ ।
(लेखक राजन मिश्र पालुङ बहुमुखी क्याम्पसका प्रध्यापक हुनुहुन्छ )
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg