Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

ईन्द्रसराेवरबाट हेटाैंडा-काठमाडौं यातायात संचालन

IMG_20200919_235813-1600539475.jpg

शनिबारबाट मकवानपुरको इन्द्रसरोवरबाट काठमाण्डौ र हेटौँडाको लागि सार्वजनिक यातायात सञ्चालन भएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको कारण लामो तथा छोटोदुरीका यातायात करिब ६ महिनादेखि बन्द रहेको थियो । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट लामो दूरीका सवारी चलाउन दिने निर्णय गरे अनुसार अशोज ३ गते शनिबारबाट इन्द्रसरोवरमा लामोदुरीका बसहरु सञ्चालन भएको हो । 

इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीबाट बज्रबाराही–पालुङहुँदै हेटौँडासम्म र कुलेखानीबाट बज्रबाराही हुँदै नौबिसे–काठमाण्डौसम्म जाने २ वटा बस आजबाट चल्न ठालेको हो । यी दुई बस कुलेखानी कलंकीबाट बिहान ८ बजे छुट्ने नारायणी यातायात व्यवसायी संघको बज्रबाराही काउन्टरका इन्चार्ज प्रेमकृष्ण जोशीले बताउनु भयो । यस्तै काठमाण्डौबाट बिहान ११ बजे र हेटौँडाबाट पनि बिहान ११ बजे सोही रुटबाट कुलेखानीका लागि बस छुट्ने छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दुरीमा चल्ने सवारी साधनले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने, ५० प्रतिशतसम्म बढी भाडा लिन पाइने, सवारीमा एउटा लहरमा मात्र यात्रु बसाउन पाइने, कोरोना रोकथामका न्युनतम मापदण्ड अनुसार यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्ने, ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने लगायतका सवारी सञ्चालन सम्बन्धी मापदण्ड बनाएको छ । सोही बमोजिम नै यी बस सञ्चालन भएको इन्चार्ज जोशीले बताउनुभयो । कुलेखानीबाट फाखेल हुँदै काठमाण्डौ र भिमफेदी हुँदै हेटौँडाको रुटमा भने अहिले तत्कालको लागि बस चलाउन नसकिएको उहाँले बताउनुभयो ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg