Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

आलु रोप्ने बेला मलको अभाव: मन्त्री भन्छन माघको अन्तिममा आइपुग्छ

FB_IMG_1736166358034-1736166383.jpg

आलु रोप्ने सिजन लागिसक्दा पनि डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि आलुको पकेट क्षेत्र मकवानपुरका किसान समस्यामा परेका छन् । किसानहरू समस्या समाधान गरिदिन अनुरोध गर्दै बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय पुगेका छन् ।

थाहा नगरबाट आएका किसानको टोलीले बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठलाई भेटेर मल उपलब्ध गराइदिन आग्रह गरेका छन् । छलफलका क्रममा मन्त्री श्रेष्ठले माघको अन्तिमसम्म डीएपी र युरिया मलको व्यवस्थापन भइसक्ने आश्वासन दिनुभयो ।

आलु रोप्न ड्याङ नै तयार भइसक्दा पनि किसानले मलको अभावमा आलु रोप्न सकेका छैनन् । अहिले निजी क्षेत्रका व्यापारीसँग महँगो मूल्यमा मल किनेर केही किसानहरूले आलु रोप्नुपरेको छ । मकवानपुरको थाहा नगरपालिका आलु उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ ।

थाहा नगरका ९ हजार कृषक परिवार आलुखेतीमा आबद्ध छन् । थाहानगरको ७ सय हेक्टरमा आलुखेती हुँदा ७० हजार किलो आलुको बीउ रोप्ने गरेका छन् । यहाँका किसानले आलुबाट वार्षिक दुई अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन् । इ कान्तीपुर बाट

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg