pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ताको जिम्मेवारी रायमाझीलाई

1706801113305-1706801129.jpg

मकवानपुर थाहा नगरपालिकाको विषयगत समिति मध्येको आर्थिक विकास समितिको संयोजक फेरिएका छन् । १८ माघमा भएको थाहा नगरपालिकाको कार्यपालिका बैठकले आर्थिक विकास समितिको संयोजकमा वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीलाई तोकेको छ ।

यसैबीच नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पनि रायमाझीलाई नै दिइएको छ । रायमाझीलाई यि दुवै पदको जिम्मेवारी १८ माघकै कार्यपालिका बैठकले दिने निर्णय भएको थाहा नगरपालिकाले जनाएको छ । रायमाझी कार्यपालिका अन्तर्गतको वन, वातावरण तथा विपद व्यवस्थापन समितिको पनि संयोजक हुन् ।

यस अघि वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली आर्थिक विकास समितिको संयोजक र प्रवक्ता दुवै जिम्मेवारीमा रहेका थिए ।

कार्यपालिकाले आफूले सम्पादन गरेका कार्य वा निर्णयहरु सार्वजनिक जानकारीमा ल्याउन कुनै कार्यपालिकाका सदस्यलाई प्रवक्ता तोक्नुपर्ने स्थानीय तहको कार्य सम्पादन नियमावली, २०७४ को नियम १७ मा व्यवस्था छ । प्रवक्ताले कार्यपालिकाको तर्फबाट जारी गर्नुपर्ने सार्वजनिक महत्वको सूचना, वक्तव्य, विज्ञप्ति आदि सार्वजनिक गर्नुपर्ने अधिकार क्षेत्र समेत सोही नियममा उल्लेख छ । त्यस्तै सोही नियममा प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारी तोक्ने व्यवस्था छ । सूचना अधिकारीेले कार्यपालिकासंग सम्वन्धित सूचना कानून वमोजिम प्रवाह गर्नुपर्नेछ ।

आर्थिक विकास समितिको संयोजकको काम कर्तव्य अधिकारमा समितिको बैठकको अध्यक्षता गर्ने, समितिको बैठकको मिति, समय र स्थान तोक्ने, बैठकको कार्यसूची तय गर्ने, समितिसँग सम्बन्धित विषयक्षेत्रमा अन्तर विषयगत समिति र अन्तर निकायगत समन्वय गर्ने, सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्ने, समितिले तोकेका अन्य कार्य गर्ने बिषयगत समिति (कार्यसञ्चालन) कार्यविधिमा उल्लेख गरिएको छ । त्यस्तै समितिका सदस्यहरुले समितिको बैठकमा उपस्थित भइ आफ्नो राय सुझाव र धारणा राख्ने, आफूलाई तोकिएको कार्यजिम्मेवारी निर्वाह गर्ने, समिति वा संयोजकले तोकेका अन्य कार्य गर्नुपर्नेछ ।

आर्थिक विकास क्षेत्र अन्तर्गतको कृषि विकास, पशुपन्छी विकास, सिंचाई, पर्यटन प्रवद्र्धन, सहकारी तथा गरिवी निवारण एबम वित्तीय क्षेत्र, उद्योग, व्यापार तथा व्यवसाय र श्रम तथा रोजगार प्रवद्र्धन पर्दछ । यि शाखा प्रमुख मध्येबाट एक जना समितिको सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था छ । सदस्य सचिवले समितिको सचिव भई काम गर्ने, संयोजकको निर्देशन अनुरूप बैठकको कार्यसूची तथा प्रस्ताव तयार गरी सदस्यहरुलाई पत्राचार गर्ने, विषयक्षेत्रसँग सम्बन्धित विषयहरुमा आवश्यक सूचना तथा तथ्याङ्क संकलनन, विश्लेषण गरी समितिको बैठकमा पेस गर्ने, समितिको समग्र कार्यको प्रभावकारिताका लागि कार्ययोजना तर्जुमा गर्ने र कार्यान्वयनको निमित्त प्रस्ताव तयार गरी समितिमा पेस गर्ने काम गर्नु पर्दछ । त्यसैगरी समितिको कार्यसम्पादन प्रतिवेदन तयार गरी बैठकमा पेस गर्ने, समितिको कामकारबाही तथा बैठकका निर्णयसँग सम्बन्धित विषयको अभिलेख राख्ने, समितिको निर्णय कार्यान्वयन गर्ने गराउने र समिति वा संयोजकले तोकेका अन्य कार्य गर्ने बिषयगत समिति (कार्यसञ्चालन) कार्यविधिमा सदस्य सचिवको काम तोकिएको छ ।

कार्यपालिका अन्तर्गत सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति गरी ५ वटा समिति रहने कानूनी व्यवस्था छ भने नगरसभा अन्तर्गत सार्वजनिक लेखा समिति, विधायन समिति र सुशासन तथा विकास समिति रहनेछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...