jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

आमिर भोम्जन परिचय अभियान–२०७६, थाहा कला केन्द्रको नयाँ अभियान

thahalaka-1555390046.jpg

 

थाहा कला केन्द्रले नयाँ अभियान घोषणा तथा वार्षिक कार्ययोजना तालिका हिजो नयाँ वर्ष २०७६ को अवसर पारि सार्वजनिक गरेको छ । वि.स २०७२ जेष्ठ नौ गते औपचारिक रुपमा कला तथा सांस्कृतिक जगतमा आफ्ना विभिन्न अभियानहरु चाल्दै आएको थाहा कला केन्द्रले स्थापना भएको पाँचौ वर्षमा फरक तरिकाले फरक अभियान घोषणा गरेको छ । 

कला केन्द्रले हिजो रेडियो आवाजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि नयाँ अभियान घोषणा तथा वार्षिक कार्ययोजना तालिका सार्वजनिक गरेको हो । वार्षिक कार्यक्रममा क्रमश सात वटा सामाजिक तथा सांस्कृतिक कार्यक्रम रहेको छ । जसमा आउँदो वैशाख १६ मा विश्व नृत्य दिवसको अवसर परि अन्तर कला केन्द्र स्तरीय सामुहिक नृत्य प्रतियोगिता, पाँचौ वार्षिक उत्सव जेष्ठ नौ गतेको दिन आफ्ना सम्पूर्ण सदस्यहरु विच भेटघाट तथा प्रतिभा प्रस्तुत कार्यक्रम, भाद्र १६ गते मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम, भाद्र २९ गते विश्व बालदिवसको दिन बालश्रम विषयक अन्तक्र्रिया कार्यक्रम, असोज २० गते बृहत सांस्कृतिक कार्यक्रम, फाल्गुन २ गते सदस्य सदस्य विच प्रेम साँटासाट कार्यक्रम तथा चैत्र महिना २०७६ मा साहितिक वाचन तथा सम्मान कार्यक्रम रहेको छ ।  

भने नयाँ अभियान मा यस पटक उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नं १ का उत्कृष्ट तथा फरक क्षमता भएका गायक तथा चित्रकार आमिर भोम्जन परिचयात्मक अभियान २०७६ रहेको जानकारी गराईएको छ । सो अभियानमा, आफ्ना विभिन्न प्रतिभाले अब्बल ठहरिँदै आएको आफ्ना दैनिकी सबै मुखैको सहायताले सञ्चालन गर्न सक्ने आमिर भोम्जनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमै चिनारीको माध्यमहरु पहिल्याउँदै विभिन्न खाले कार्यक्रम सहित परिचय गराउने विषय समेटिएको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए । 

त्यस संगै सोहि अभियानमा विद्यार्थिहरुले नियमित प्रयोग गर्ने अभ्यास पुस्तिका(कपि)मा आमिर भोम्जनका प्रेरणा दायक तस्विरहरु समाविष्ट गरि प्रकाशन गर्ने र त्यसलाई सामाजिकिकरण गर्दै सम्पूर्ण विद्यार्थिहरुको हात हातमा पु¥याउने लक्ष्य समेत सोहि अभियानमा समाहित रहेको र वर्षको एक पटक आमिर भोम्जन साँझ कार्यक्रम पनि यसै अभियानमा समावेश गरिएको जानकारी गराईएको छ । नाङ्साल मिडिया प्रालि द्धारा सञ्चालित उत्तरी मकवानपुरमा हाल लोकप्रियता जमाउँदै आएको इसरोकार टिभि युटुब च्यानलको सफलताको खुसियालीमा केक काटिएको थियोे  । उक्त उत्सव मनाएसंगै अव थाहा कला केन्द्रको कार्यालयमा अभियानका मूख्य आमिर भोम्जनका सम्पूर्ण प्रेरणादायिक तस्विरहरु तथा आमिर भोम्जनद्धारा कोरिएका चित्रहरुलाई आर्ट ग्यालरीको रुपमा स्थापित गराईने र त्यसको प्रचारका लागि तथा आज घोषणा भएको अभियानका लागि सम्पूर्ण सरोकारवालाहरु समक्ष साथ सहयोग र सुझावका लागि अपिल समेत गरिएको छ ।
 
थाहा कला केन्द मकवानपुरकै नौलो अनि फरक अभियानहरु निरन्तर सञ्चालन गर्दै आईरहेको एक मात्र कला केन्द्र हो जसमा सामाजिक तथा सांस्कृतिक दुवै खाले सक्रियता पाईन सकिन्छ । अतः आज वैशाख १ गते पनि नयाँ अभियान नयाँ जोस र नयाँ उत्साहका साथ कला केन्द्रको आफ्नै सदस्यहरु, साहित्यकार तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको विचमा घोषणा गरेको छ । आजको घोषणा कार्यक्रममा पालुङ जेसिजका अध्यक्ष कुमार नेगि, नेपाल  रेडक्रस सोसाईटि दामनका सभापति राजकुमार केसी, गायक तथा रचनाकार विवेक पाख्रिन, चर्चित गायक मुक्तिनाथ उप्रेति, साहित्यकार राम बर्तौला आँसु, विर्खे अन्जान, हेटौडा आईडल दिपक कालिराज, दामन एफ एम का मुकेश गोले , मनोज तितुङ तथा थाहा कला केन्द्रलाई वर्ष भरिनै साथ दिने भनि घोषणा गरेको सुनौलो विहानी युवा क्लवका अध्यक्ष सर्मिला स्याङ्तान तथा अभियानका मुख्य पात्र आमिर भोम्जनको उपस्थिति रहेको थियो ।  

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...