himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभए पनि हुने

FB_IMG_1695659004862-1695659015.jpg

सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभएपनि हुने फैसाला गरेको छ । गत साउन २३ गते सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र नहकूल सुवेदीको संयुक्त इजलासले ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनबाट दायर भएको रिटमा यस्तो परमादेश जारी गरेको हो ।

 

उक्त परमादेशको पूर्णपाठ भखर्रै सार्वजनिक गरिएको छ । आमाको नागरिकता भएको अवस्थामा उनका सन्तानले पनि वंशजकै नागरिक हुने र आमाको स्थायी ठेगाना नै सन्तानका लागि स्थायी ठेगाना हुने परामादेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छः

अतः निवेदक कृष्टिना महर्जनको आमा बिन्दिया महर्जनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, निज महालक्ष्मी न।पा। वडा नं। ६ स्थित मावलीमा नै बस्दै अध्ययन गरिरहेको, जैविक बाबु बेपत्ता भई निजको भौतिक उपस्थिति यी छोरीले कहिल्यै अनुभूति नगरेको, जैविक बाबु भनिएका व्यक्ति सम्पर्क विहीन रही निवेदकहरुको कुनै पनि प्रकारले खोजविन वा हेरचाह समेत नगरेको, कुनै जिम्मेवारी समेत नलिएको इत्यादी कारणवाट निवेदक कृष्टिना महर्जनका लागि बाबु पहिचानविहीन रहेको देखिएकोले त्यस्ता जैविक बाबुको नाम नागरिकतामा उल्लेख गर्न नचाहेको भनि निवेदनमा नै खुलाएको अवस्थामा निजको जन्मदर्ता गर्न नमिल्ने व्यहोराको महालक्ष्मी नगरपालीका वडा नं ६ को कार्यालयको मिति २०७८।९।१ को दरपिठ आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । अब, जन्मदेखि नै महालक्ष्मी नगरपालीका स्थित मावलीमा स्थायी रुपमा बसिआएकी निवेदक कृष्टिना महर्जनलाई निजको मांग बमोजिम आमाको नाम मात्र उल्लेख गरी जन्मदर्ता प्रमाणपत्र जारी गरी नेपालको नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि आवश्यक सिफारिस गर्नु गराउनु भनी प्रत्यर्थी मध्यका महालक्ष्मी नगरपालीका वडा नं. ६ को कार्यालयको नाममा तथा रीतपूर्वकका कागजात प्राप्त भएपछि निवेदक कृष्टिना महर्जनलाई नेपालको संविधानको धारा ११ को उपधारा (५) र नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संसोधन, २०७९ समेत) को दफा ३ को उपदफा (५) बमोजिम वंशजको आधारमा नेपालको नागरिकताको प्रमाणपत्र जारी गर्नु गराउनु भनी नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, ललितपुरको नाममा परमादेश जारी गरिदिएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg