himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

आज सहकारी दिवस : सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम : प्रदेश प्रमुख शर्मा

yadav-chandra-sharma-phot-1648948097.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी अभियानमा संलग्न सबैमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित मनाइदै गरिएको राष्ट्रिय सहकारी दिवसमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले यस अभियानमा लाग्नुहुने सम्पूर्ण अभियन्ताहरुको योगदान प्रसंशनीय रहेको उल्लेख गर्नुभएको छ । 


शुभकामना सन्देशमा प्रमुख शर्माले सहकारीले समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आबद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । वि.सं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै नेपालमा सहकारी अभियान शुभारम्भ भएको देखिन्छ । तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको छ उल्लेख गर्दै प्रमुख शर्माले पुँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम मान्न सकिनेमा जोड दिनुभएको छ । 


शुभकामना सन्देशमा उहाँले सहकारीमार्फत नागरिकको आर्थिक अवस्था विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ,–‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येय लिएका सहकारी कार्यक्रम आर्थिक क्षेत्रमा रहेका असमानतामाथि हस्तक्षेपकारी भूमिका खेल्दै ग्रामीण क्षेत्रका नागरिकहरुको आर्थिक समुन्नतीको सपना साकार पार्न टेवा पुगिरहेको छ । कृषि उत्पादन, भण्डारण, उपभोग र बजारीकरणका लागि सहकारीले नेपालको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ ।’ 
केही सहकारी संस्थाहरु वित्तीय अनुशासन तथा यसको सिद्घान्त विपरित संचालन भएको गुनासो बेलाबखत सुनिने गरेकोमा यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने शर्माको भनाई छ । 
उहाँले समुदायमा आधारित, सदस्य केन्द्रित र यसको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप अघि बढेमा सहकारी अभियान थप सार्थक बन्नेछ भन्ने विश्वास लिएको पनि जनाउनुभएको छ । 


 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg