himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

आज पहिलो पटक थाहामा आउँदै दर्शन नमस्ते गायक राजेश पायल राई

FB_IMG_1701585654850-1701654998.jpg

चर्चित गायक राजेश पायल राई पहिलो पटक थाहा नगरपालिकामा आफ्नो सांगेतिक प्रस्तुती दिन आज थाहा नगर आउँदैछन।
थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा थाहाको ईन्द्रायणी चौरमा संचालन भैरहेको चौथो थाहा महोत्सवमा आफ्नो सांगेतिक प्रस्तुतिको लागि राई थाहा आउन लागेका हुन।

आयोजकको विशेष आग्रहमा राई महोत्सवमा सहभागी हुन सोमबार थाहानगर आउन लागेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । दर्शन नमस्ते सिरिजबाट नेपाली मनमस्तीष्कमा बस्न सफल गायक राईले सोमबार महोत्सवमा हंगामा मच्चाउने छन् ।
राजेश पायल राई नेपाली चर्चित गायक हुन।उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन। उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ।
पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा अभिनय चलचित्रहरूमा समेत अभिनय गरिसकेका छन्।

उनी संगै थाहा महोत्सवमा चर्चित जन गायक जीवन शर्माको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ।

 

FB_IMG_1701618184771-1701654998.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg