himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

आजबाट थाहा फिल्म फेस्टीबल सुरु हुदैँ : उद्योग वाणिज्य मन्त्री चित्रकारले उद्घाटन गर्ने

fi-1700879097.jpg

 

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा ९ मंसिरबाट प्रथम थाहा फिल्म फेस्टिबल शुरु हुने भएको छ । पालुङजेसिल सभाहलमा हुने फेस्टिबलको बागमती प्रदेशका भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको फेस्टिबलका उप संयोजक राजीव कुमार स्याङ्तानले जानकारी  दिए । उद्घाटन विहान ११ बजे गरिने भएको छ ।

थाहा फिल्म फेस्टिभलमा ९ मंसिरमै प्रदर्शनी गर्न थाहा वृत्तचित्र निर्माण गरेको छ । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रहरुलाई समेटेर वृत्तचित्र निर्माण गरिएको हो । करिब ३६ मिनेट लामो वृत्तचित्रमा चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, , साँस्कृतिक तथा प्राकृतिक विषयहरुलाई समेटिएको कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले जानकारी दिए ।

मोक्तानकै निर्देशनमा बनेको वृत्तचित्रको लेखक कुमार नेगी रहेका छन् । स्क्रिप्ट लेखक नेगीका अनुसार थाहानगर कहाँबाट आउने, कहाँ आउने, कसरी आउने, कुन बाटो आउने, कहाँ बस्ने, केके खान पाइने, कहाँ घुम्न सकिने, किन घुम्ने लगायत समग्र जानकारी एउटै वृत्तचित्रबाट पाउन सकिनेगरी स्कृप्ट तयार गरिएको छ । ‘सकेसम्म नगरका सबै वडा र भेगका पर्यटकीय स्थलहरुको धेरथोर वर्णन गरिएको छ, थाहानगरकै बासिन्दाको लागि पनि आफ्नो नगर चिन्न मद्दत पुग्छ,’ नेगीले भने ।

वृत्तचित्रमा शुरुमा थाहानगरको समग्र पर्यटकीय महत्व दर्शाइएको छ भने क्रमशः थानकोटबाट चन्द्रागिरीबाट चित्लाङ हुँदै थाहानगर प्रवेश गर्न सकिने गरी वर्णन गरिएको छ । त्यसपछि क्रमशः टिस्टुङ, आग्रा, दामन, पालुङ र बज्रवाराही क्षेत्र पु¥याइएको छ । बाइरोडको बाटो हुँदै थाहानगर आउन सकिने गरी पनि वर्णन गरिएको छ । ‘वृत्तचित्र हेर्दैगर्दा एक जना दर्शक क्रमशः थाहानगर घुमघाम गरिरहेको भान हुनेगरी स्कृप्ट तयार पारिएको छ, बाँकी त वृत्तचित्र नै हेर्नुपर्छ’ नेगीले भने ।

वृत्तचित्रका लागि ड्रोनबाटसमेत दृश्याङ्कन गरिएको थियो । प्रमोद जोशी र राजीवकुमार स्याङ्तानको परिकल्पना, निश्चल शाक्यको व्यवस्थापन, गङ्गा राई र भीम तामाङको छायाँकन तथा सुनिता राईको श्वरमा वृत्तचित्र निर्माण तयार भएको कला केन्द्रका सञ्चालक मोक्तानले जानकारी दिए ।

वृत्तचित्रको पहिलो प्रदर्शनी ९ मंसिरमा थाहा फिल्म फेस्टिभलको उद्घाटन लगत्तै हुने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी पालुङ जेसीजको हलमा हुनेछ ।

 

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png