himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

आचारसंहिता उल्लङ्घन गर्ने ६ सञ्चार माध्यमले गरे भुलसुधार

cauncil-1668782856.jpg

 काठमाडौँ २ मङ्सिर । आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये ६ सञ्चार माध्यमले भुलसुधार समेत गरेका छन् । प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ९ वटा पत्रपत्रिका, १५ वटा अनलाइन सञ्चार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो । काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न/नगराउन भनेको छ । अनलाइन सञ्चार माध्यमको हकमा तत्काल हटाइ काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चार माध्यमले क्षमायाचनासहित सामग्री हटाइ आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg