himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

आगामी बुधवारदेखि वर्षा र हिमपात हुने

rain-1612783810.jpg

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिवार राजधानी काठमाडौं सहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीवारदेखि शनिवारसम्म मौसम बद्ली हुनका साथै शनिवार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतवार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।

मौसमविद् सजिना शाक्यले आगामी बुधवारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताएकी छिन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।

राजधानी काठमाडौंसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि मंगलवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम दुई दशमलव पाँच र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg