Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

अवैध घरेलु भरुवा बन्दुकसहित थाहा ४ का दुई जना पक्राउ

FB_IMG_1772452667428-1772453551.jpg

मकवानपुरको थाहा नगरपालिका–४, धारापानी (हरिकेसी टोल) मा अवैध घरेलु हतियार लुकाई राखेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
फागुन १६ गते दिउँसो करिब १:४० बजे प्राप्त गोप्य सूचनाअनुसार प्रहरी टोली खटिई आवश्यक सूचना संकलन तथा खोजतलास गरिएको थियो। सो क्रममा स्थानीय बिक्रम रायमाझीले अवैध घरेलु भरुवा बन्दुक आफ्नो ठूलोबुवा नाताका कुमार रायमाझीको घरकोठाभित्र लुकाई राखेको प्रारम्भिक सोधपुछका क्रममा बताएका थिए।
त्यसपछि बिक्रम रायमाझीलाई साथमा लिई प्रहरी टोली थाहा नगरपालिका–४, धारापानीस्थित कुमार रायमाझीको घरमा पुगेको थियो। आवश्यक सोधपुछपश्चात कानुन बमोजिम खानतलासी सूचना पुर्जी दिई स्थानीय व्यक्तिहरु तथा जनप्रतिनिधिको रोहबरमा घरकोठा तलासी गर्दा कोठाभित्र १ नाले अवैध घरेलु भरुवा बन्दुक जस्तो देखिने हतियार फेला परेको प्रहरीले जनाएको छ।
साथै साना–साना पोका पारी राखिएको बारुद जस्तो देखिने पदार्थ, ‘Asthalin’ लेखिएको प्लास्टिकको डिब्बाभित्र स-साना फलामका छर्रा, सलाईको बट्टाबाट बाहिरी बारुद निकालिएका सलाईका काटीसमेत बरामद गरिएको छ।
बरामद हतियार तथा सामग्री रितपूर्वक नियन्त्रणमा लिई  उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दामा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg