pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अम्बे जात्रा सक्किएपछी थाहाको यी ४ गाउँले लगाउछन दशैंको टीका!

FB_IMG_1728952440708-1728952498.jpg

मकवानपुर थाहा नगरपालिका चित्लाङका चार गाँउका गोपाली तथा गमाल समुदायले यसवर्षको दसैं एकसातापछि सारेका छन् । यस क्षेत्रका ऐतिहासिक गोपाली र गमालहरुले परम्परागत चम्पाकेश्वर महादेवको जात्रा लाग्ने दिन कार्तिक संक्रान्तिभन्दा अघि दसैं परेकोले टीका पछि सारेका हुन् ।
उनीहरुले आगामी कात्तिक १ गते जात्रा मनाइसकेपछि ३ कात्तिकमा दसैंको टीका लदगाउने रामकृष्ण गमालले जानकारी दिए ।

कार्तिक संक्रान्तिदेखि वरको छैठौं दिन महानवमी परेकोले दसैं पछि सरेको स्थानीय अक्षय गोपालीले जानकारी दिए । आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ुआँग’ अर्थात प्रसादका लागि जाँड राख्ने दिन हो ।कार्तिक संक्रान्तिको आठ दिन अघि महानवमी नपरेको भए दसैंं मान्थ्यौंְ’ जात्राका गुरु श्याम बहादुर गोपालीले बताए ।

यसपाली अब चित्लाङको गोपालीको बसोबास रहेको न्हुँलगाउ र टौखेल तथा गमालको बसोबास रहेको कलाँटु र तल्लो बिसिङ्खेलबासीले दसैं सारेको चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीले जानकारी दिए ।
कार्तिक संक्रान्तीका दिन गोपाली समुदायका गुठीयारहरुले ुआँग’ अर्थात चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजी’ अर्थात एक पटक मात्र कुटेको चिउरा प्रसादको रुपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ ।

यस्तो छ, किंवदन्ती
धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातीको बहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ । यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ ।

यस मन्दिरमा पुख्यौली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाउनु पर्छ । जसलाई स्थानीय बासिन्दा ककः बजी भन्दछन् ।

सोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानीय भाषामा ‘ट्वाक प्याखा’ भनिन्छ ।

स्थानीय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जााड र ‘कक बजी’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ।

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचीनकालमा शोणितपूर भनिन्थ्यो । त्यहाँ राजा बाणासुरले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्द्रागिरी जंगल हुँदै बिसिङखेलको वनमा आइपुगे । उक्त वनको एउटा रुखमा फूलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको कथा छ ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साहृै रिस उठेछ । त्यसपछि कलाँटु गाउकाँ काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्तीलङ पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिंग अफनो गाउँमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाउँलेमा चिन्ता बढेछ । क्षमापूजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ । अहिले पनि चापको रुखको ठूटो हालसम्म मन्दिरमै छ । 

FB_IMG_1728952447041-1728952542.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...