pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अपाङ्गता भयकाहरुको लागि प्रदेश सरकारले थप कार्यक्रम ल्याउने :- मन्त्री कुमारी मोक्तान

449062336_138427533559530-1719243423.jpg

बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अपाङ्गता भएकाहरुको लागि थप कार्यक्रमको लागि प्रदेश सरकारले यो बर्ष चौगुणा बजेट बिनियोजन गरेको बताउनुभएको छ।
थाहा नगरपालिकामा १० असारमा आयोजित अपाङ्गता भएकाहरुको लागि सहायक सामाग्री तथा छात्रवृत्ति बितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताएका हुन।
मन्त्री मोक्तानले समुदायमा आधारित सिबिआर कार्यक्रमलाई निरन्तरता दिदै आगामी बर्षको बजेटमा अपाङ्गता भएकाहरुको लागि सीप विकास र स्वरोजगार मुलक कार्यक्रम कार्यक्रमका साथै फरक क्षमता भएकाहरुको निम्ति उद्यमशिलतामा परिणत गर्दै बीउ पुजीको समेतको कार्यक्रम हरु बजेटमा समाबेश गरेको बताउनुभयो। साथै वहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई परनिर्भरता बनाउनुभन्दा उनिहरुसंग भएको सीप र क्षमतालाई सदुपयोग गरि व्यावसायिक बनाउने कार्यक्रम रहेको र यस्को लागि प्रदेश सरकारले स्थानीय तह र अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरु संग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेले पछिल्लो समयमा मुलुकले पछाडी परेका अपाङ्गता भएका समुदायलाई राज्यको मुल धारमा ल्याउन संविधानमा नै व्यवस्था भएपछी सरकारले बिशेष ध्यान दिरहेको बताउनुभयो।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले अपाङ्गता भएकाहरुको सीप र क्षमता विकासको लागि थाहा नगरपालिकाको १६ औ नगरसभा बाट नीति तथा कार्यक्रममा नै समाबेश गरेको बताउदै स्थानीय सरकार अपाङ्ग सरोकारको बिषयमा गम्भीर रहेको बताउनुभयो।
अपाङ्ग सरोकार केन्द्र  मकवानपुर र थाहा नगरपालिकाको आयोजना तथा स्थानीय अपाङ्ग समन्वय समितिको सहकार्यमा भएको कार्यक्रममा नगरपालिका भित्र रहेका ४५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री तथा थाहा ४ का बिष्णु भुजेल,थाहा १ का गणेशमान श्रेष्ठ,थाहा ११ का राजकुमार स्याङ्तान लाई कृतिम खुट्टा तथा थाहा ११ का आरुशी लो र बिजय थिङलाई कृतिम हात प्रदान गरिएको थियो।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचीव बद्रीनाथ गैरे,थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,कार्यपालिका सदस्य पवित्रा सिंह ठकुरी,अनिता बल,शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,अपाङ्ग सरोकार केन्द्रका जिल्ला अध्यक्ष गणेश चन्द्र दवाडी,उपाध्यक्ष दिल बहादुर स्याङ्बो,अपाङ्ग सरोकार समिती थाहाका संयोजक मनलाल गोपाली,महिला बालबालिका तथा अपाङ्ग शाखा प्रमुख प्रतिमा मोक्तान,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने लगायतका उपस्थिति रहेको थियो।
थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगिले संचालन गर्नुभएको कार्यक्रम लाई थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत गरेका थिए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...